Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

क्यानडाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

खबरडबली संवाददाता

काठमाडौँ। नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । क्यानडाले टस जितेर सुरुमा ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गरेको हो ।

नेपाल र क्यानडाबिचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा खेल जारी छ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेल सोही मैदानमा संयुक्त अरव इमिरेट्स ९युएई०लाई नेपालले सात विकेटले पराजित गरेको छ । 

आजको खेलको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेको छन् । नियमित कप्तान रोहित पौडेल क्याम्टेन्स मिटमा सहभागी हुन मुम्बइ गएपछि दिपेन्द्रले कप्तानीको अवसर पाएको हो ।

पाँच ओभरको समाप्तिमा क्यानडाले एक विकेटको क्षतिमा २१ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले एक विकेट हात परेको हो । 

नेपालले यसअघि विश्वकपको तयारी स्वरुप भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ सँग दुई वटा अभ्यास खेल खेलेको थियो । त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेलेर भारत गएको हो । 

नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले सन् २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो । 

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबिच प्रतिस्पर्धा हुँदैछ । सहभागी देश ९टोली० लाई चार समूहमा विभाजन गरिएको छ ।

जसमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्नेछ । 

यस्तै समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । पाकिस्तान सरकारले समूह चरणमा भारतसँग नखेल्ने घोषणा गरेको छ ।

आइसिसीले यस विषयमा पाकिस्तानलाई सहमतिमा समाधान खोज्न आग्रह गरिरहेको छ । पाकिस्तान खेलेन भने उक्त खेलमा भारतले स्वत दुई अङ्क पाउनेछ । 

यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छ भने  समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ । 

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । सेमिफाइनल विजेताबिच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने, के- के छन् एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बस्नेगरी बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक द...

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा न...

टोखा नगरपालिकामा १० रोपनी अतिक्रमित सार्वजनिक जग्गा खाली, अवैध संरचना हटाइयो

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको स...

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिबद्धता

पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...

उपल्लो मुस्ताङमा विदेशी पर्यटकले एकल पदयात्रा गर्न पाउने

मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर...

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

सोल। दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन...

मौसमविद् पर्दा पछाडि रहेर सरकारलाई सहयोग गर्ने साँचिकै हिरो हुनुहुन्छ: मन्त्री सिन्हा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” क...

अधुरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन

राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...

सप्तरीमा बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय आन्दोलित

सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...

साउन यता १७ गैंडा मरे

चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: