काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।
कडा दमनका कारण अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको बेला आएको यो स्वीकारोक्ति इरानी नेतृत्वका लागि असामान्य मानिएको छ । शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले गत डिसेम्बरको अन्त्यतिर आर्थिक सङ्कट र व्यापक राजनीतिक असन्तोषका कारण सुरु भएका प्रदर्शनमा “केही हजार” मानिसको ज्यान गएको बताएका हुन् । उनले केही मृत्यु “अमानवीय र निर्दयी अवस्थाका कारण” भएको उल्लेख गरे पनि यसको दोष इरानी सुरक्षा निकायमाथि नलगाई अमेरिका तथा अन्य विदेशी शक्तितर्फ संकेत गरे । खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनलाई उक्साएको आरोप लगाउँदै उनलाई “अपराधी” को संज्ञा दिए । प्रारम्भमा महँगी र जीवनयापनको बढ्दो खर्चविरुद्ध सुरु भएका प्रदर्शन पछि सरकारविरोधी आन्दोलनमा रूपान्तरित भएको खामेनीको भनाइ छ । उनले प्रदर्शनकारीहरू विदेशी शक्तिद्वारा प्रयोग गरिएको दाबी गर्दै ‘अपराधी’लाई कारबाहीबिनाको छुट नदिइने चेतावनी पनि दिए ।
मानव अधिकार संस्थाहरूले भने प्रदर्शन र सुरक्षा बलबीचको झडपमा ३ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेका छन् । इन्टरनेट सेवा पटक–पटक बन्द गरिएकाले वास्तविक तथ्याङ्क पुष्टि गर्न कठिन भएको जनाइएको छ । खामेनीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै ट्रम्पले इरानमा “नयाँ नेतृत्व खोज्ने समय आएको” टिप्पणी गरेका छन् । पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले खामेनीलाई हिंसाका लागि जिम्मेवार ठहर गर्दै नेतृत्व गर्न अयोग्य भएको आरोप लगाए । “एक देशको नेताका रूपमा उनले देशलाई पूर्ण रूपमा नष्ट गरेका छन् र कहिल्यै नदेखिएको स्तरको हिंसा प्रयोग गरेका छन्,” ट्रम्पले भने । “नेतृत्व डर र मृत्यु होइन, सम्मानमा आधारित हुनुपर्छ।” उनले इरानलाई कमजोर नेतृत्वका कारण विश्वकै सबैभन्दा खराब बसोबासयोग्य देशमध्ये एकसमेत भने । यसैबीच, खामेनीले सामाजिक सञ्जाल ‘एक्स’ मा पनि अमेरिका विरुद्ध आरोप दोहो¥याउँदै हालको आन्दोलन अमेरिकाद्वारा योजनाबद्ध भएको दाबी गरेका छन् । “हालको विद्रोह अमेरिकाले योजना बनाएको हो। अमेरिकाको लक्ष्य इरानलाई निल्नु हो,” उनले लेखेका छन् ।
यद्यपि, केही साताको प्रदर्शन र सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एएनआई
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - १३:११
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...
माघ ५ गते, २०८२ - १३:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...
माघ ५ गते, २०८२ - १२:५९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...
माघ ५ गते, २०८२ - १२:५४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...
माघ ५ गते, २०८२ - १२:३६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...
माघ ५ गते, २०८२ - १२:३४
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवारको टुंगो लगाए पनि महासचिव शंकर पोखरेलको हकमा भने रणनीतिक मौनता अपनाएको छ ...
माघ ५ गते, २०८२ - ११:५६
काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका ...
माघ ५ गते, २०८२ - ११:४९
काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ । आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्र...
माघ ५ गते, २०८२ - ११:४४
काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीक...
माघ ५ गते, २०८२ - १०:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई काठमाडौंका ३ वटा क्षेत्रमा उम्मेदवार चयन कठिन भएको छ । काठमाडौं–५ का लागि आकांक्षीहरुको जोड हुँ...




प्रतिकृया लेख्नुहोस्: