Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

निर्वाचन ५४ दिन बाँकी : माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगका अनुसार आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू हुनेछ ।

आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र हालसम्मको प्रगतिबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइसकेको छ । निर्वाचनसम्बन्धी तयारीबारे शुक्रबार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्रीलाई विस्तृत ब्रिफिङ गरेका थिए ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भेटमा निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापन, सुरक्षा समन्वय तथा व्यवस्थापकीय तयारीबारे जानकारी गराइएको थियो ।

आचारसंहितामा निर्वाचन अवधिभर सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने र नपाउने गतिविधि, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायको आचरण, प्रचार–प्रसारका मापदण्ड लगायतका विषय स्पष्ट रूपमा समेटिएका छन् ।

आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सरकार, राजनीतिक दल, सुरक्षानिकाय तथा सरोकारवाला सबै पक्षको सक्रिय भूमिका अपरिहार्य रहेको जनाएको छ । आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत आयोगले दिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताको प्रभावकारी कार्यान्वयनले निर्वाचनको विश्वसनीयता र जनआस्था मजबुत बनाउने आयोगको विश्वास छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टर र माेटरसाइकल ठोकिँदा २ युवकको मृत्यु

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...

विशेष महाधिवेशनको काउन्टडाउन सुरु : भृकुटीमण्डप तयारीले भरियो, गगन–विश्वप्रकाश पक्ष उत्साहित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...

पूर्व राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...

इतिहासले चेताएको कांग्रेस : २०५१ को विभाजनको छायाँमा विशेष महाधिवेशनको बहस

काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्‍यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...

मतदाता विवरण बिक्रीको निर्णयविरुद्ध चर्को विरोध

गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी

‘अन्तर्राष्ट्रिय चलखेल रोक्न फागुन २१ मै चुनाव चाहिन्छ’ — वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...

कांग्रेस विशेष महाधिवेशनमा बहुमतको दाबी : ‘६० प्रतिशत प्रतिनिधि हाम्रो पक्षमा’

काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...

रुकुमेली जनताले भगौडाको राजनीति अस्वीकार गरे: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...

उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...

प्रचण्डको प्राथमिकता रूकुम,पूर्वी रूकुमबाट चुनाव लड्ने घाेषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending