हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मरक्षाका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ८ः४५ बजे मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागुऔषध सेवन तथा झगडा भइरहेको सूचना पाएपछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा टोली खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलमा पुगेर झगडा छुट्याउने र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले अचानक बियरको बोतल, खुकुरी र बञ्चरो प्रयोग गरी प्रसनि तामाङमाथि आक्रमण गरेका थिए। आक्रमणबाट तामाङको दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ।
आत्मरक्षाका क्रममा तामाङले साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली प्रहार गर्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तीगौंडा बस्ने करिब १९ वर्षीय सनिश तितुङको पेटको दाहिने भागमा गोली लागेको छ। घाइते तितुङ र प्रसनि तामाङ दुवैलाई हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका लागि लगिएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनापछि खटिएको थप प्रहरी टोलीले हेटौंडा–१२ रमनटारका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ।
प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ परेका तथा घाइते तितुङ विगतमा लागुऔषध कारोबार, ज्यान मार्ने उद्योग र चोरीसम्बन्धी घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...
आषाढ़ ११ गते, २०८३ - १९:३४
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबार आह्वान भएको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेद्वारा हस्त...
आषाढ़ ११ गते, २०८३ - १९:२३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछाने विरुद्धको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा साउन २१ गतेका लागि साधारण तारिख तोकेको छ। अदालतका सूचना...
आषाढ़ ११ गते, २०८३ - १९:२१
काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधा...
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...



प्रतिकृया लेख्नुहोस्: