सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रूपमा फैलाउने केन्द्र बनेको यही क्षेत्र अहिले कम्युनिस्ट शक्तिका लागि सबैभन्दा ठूलो झट्का बनेको छ ।
इतिहासको लाल अध्याय
२००६ सालमा कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएलगत्तै धरानको पत्रङबारीमा भूमिगत कमिटी गठन भयो । राम ताम्राकार, देव ताम्राकार, केदारनाथ खड्का, डीपी अधिकारी र कृष्णप्रसाद श्रेष्ठजस्ता व्यक्तित्वको सक्रियताले धरान कम्युनिस्ट आन्दोलनको पहिलो सांगठानिक आधार बन्यो ।
पञ्चायतकालमा समेत धरान वामपन्थी नेताहरूको सुरक्षित ‘सेल्टर’ रह्यो । पुष्पलाल, मनमोहन अधिकारीजस्ता नेताले यहीँबाट राजनीतिक गतिविधि विस्तार गरे । २०४८ सालमा मनमोहन अधिकारीलाई अत्यधिक मत दिएर जिताएपछि धरान औपचारिक रूपमा ‘लाल किल्ला’को रूपमा चिनिन थाल्यो । त्यसपछि अधिकांश निर्वाचनमा एमाले उम्मेदवार विजयी बन्दै आए ।
क्षयको सुरुवात
२०७६ को उपनिर्वाचनमा कांग्रेसका तिलक राई मेयर निर्वाचित भएपछि लाल किल्लामा पहिलो ठूलो दरार देखियो । २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राई विजयी भएपछि कम्युनिस्ट किल्ला भत्किएको संकेत स्पष्ट भयो ।
यसपटकको नतिजा : ऐतिहासिक गिरावट
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ मा कुल ८७ हजार ४७१ मत खस्यो । नेकपा एमालेका उम्मेदवारले मात्र ६ हजार ४६३ मत पाए—सदर मतको १० प्रतिशत पनि कटाउन सकेनन् ।
यो परिणामले ७० वर्षभन्दा बढी समयदेखि जोगाइराखिएको ‘लालमत’ सिमित घेराभित्र खुम्चिएको देखायो । कम्युनिस्ट मत विभाजित हुँदै जाँदा श्रम संस्कृति पार्टीले उल्लेख्य मत बटुल्दै क्षेत्रीय शक्ति सन्तुलन नै बदलिदिएको छ ।
‘हर्कवाद’को उदय
धरानका मेयर हर्कराज साम्पाङ राईको नेतृत्वमा अघि बढेको श्रम संस्कृति अभियानले परम्परागत दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गरेको विश्लेषण छ । पारदर्शिता, श्रमदान र स्थानीय विकासलाई केन्द्रमा राखेको अभियानले युवापुस्तालाई विशेष रूपमा तानेको देखिन्छ ।
स्थानीय बुद्धिजीवी डा. राजेन्द्र शर्माका अनुसार, “धरानका कम्युनिस्टहरू आफ्नै मूल आदर्शबाट टाढा जाँदा ‘लाल किल्ला’मा धमिरा लाग्यो । त्यसको परिणामस्वरूप लालमत खुम्चिँदै हर्कवाद उदायो ।”
नयाँ राजनीतिक संकेत
धरानको इतिहासले देखाउँछ—यहाँको जनमत स्थिर छैन, परिवर्तनशील छ । एक समय कम्युनिस्ट आन्दोलनको केन्द्र बनेको यो क्षेत्र अहिले वैकल्पिक शक्तिको प्रयोगशाला बनेको छ ।
अब के ‘माटो’को लहर दीर्घकालीन शक्ति बन्नेछ, कि धरानले फेरि अर्को परिवर्तन रोज्नेछ ? भन्ने प्रश्न उव्जिएकाे छ । इतिहासले भन्छ, धरान सधैं परिवर्तनको पक्षमा उभिन्छ—तर स्थायित्व कसैलाई सजिलै दिँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - २१:५८
काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...
बैशाख २० गते, २०८३ - २१:३३
दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...
बैशाख २० गते, २०८३ - २१:३१
पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...
बैशाख २० गते, २०८३ - २०:२९
काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...
बैशाख २० गते, २०८३ - २०:२८
काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...
बैशाख २० गते, २०८३ - २०:२५
करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार
बैशाख २० गते, २०८३ - २०:२१
काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...
बैशाख २० गते, २०८३ - २०:१८
काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...
बैशाख २० गते, २०८३ - २०:१४
काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...
बैशाख २० गते, २०८३ - २०:०५
काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...


प्रतिकृया लेख्नुहोस्: