पोखरा। पोखरा महानगरपालिका–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेसँगै स्थानीयवासीको विरोध चर्किँदा क्षेत्र तनावग्रस्त बनेको छ। समन्वय र सहमतिबिनै निर्माण प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन थालेपछि स्थिति नियन्त्रण बाहिर जान पुगेको हो।
पोखरा महानगरपालिकाले झाँक्रीबगर क्षेत्रमा फोहोर प्रशोधन केन्द्र निर्माणका लागि निजी कम्पनी टेरासोल्भ रिन्युएबल प्रालि छनोट गरी सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत गत मंसिर २ गते सम्झौता गरेपछि विवाद चुलिएको हो। स्थानीयका अनुसार प्रभावित क्षेत्रका बासिन्दाको सहमति नलिई प्रक्रिया अघि बढाइएको छ।
निर्माण स्थलसँग जोडिएको ९६ रोपनी जग्गा विवाद अझै समाधान हुन सकेको छैन। महानगरले रोक्का राखेको उक्त जग्गाको मूल्यांकन, वातावरणीय असर र धार्मिक तथा जलस्रोतमा पर्न सक्ने प्रभावबारे स्थानीयले गम्भीर आपत्ति जनाउँदै आएका छन्।
शुक्रबार स्थानीयले वडा कार्यालयमा तालाबन्दी, टायर बालेर नाराबाजी र तोडफोड गरेपछि स्थिति थप तनावग्रस्त बन्यो। प्रदर्शनकै क्रममा वडाध्यक्ष रामचन्द्र अधिकारीको गाडी तोडफोड भएपछि उनी खुकुरी बोकेर बाहिर निस्किएको आरोप लागेपछि अवस्था झन् उग्र बनेको थियो। घटनापछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।
स्थिति नियन्त्रणमा लिन पोखरामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। स्थानीयले सहमति बिना फोहोर प्रशोधन केन्द्र निर्माण हुन नदिने चेतावनी दिँदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको ध्यानाकर्षण गराएका छन्।
स्थानीयका अनुसार प्रस्तावित स्थल खेतीयोग्य जमिन, धार्मिक मठमन्दिर र पानीको स्रोत नजिक रहेको छ भने सेती नदीमा समेत प्रदूषणको जोखिम हुन सक्छ। यसअघि पनि जग्गा रोक्का, बैना वितरण र मूल्यांकनमा चलखेल भएको आरोप लाग्दै आएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले असमझदारीका कारण समस्या देखिएको भन्दै संवादबाट समाधान खोजिने बताएका छन्। “पोखराको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्र आवश्यक छ। बलजफ्ती होइन, सहमतिमै अघि बढ्छौँ,” मेयर आचार्यले भने।
सम्झौता अनुसार २६ महिनाभित्र निर्माण सम्पन्न गरी २१ वर्षसम्म निजी कम्पनीले सञ्चालन गर्ने र त्यसपछि महानगरलाई हस्तान्तरण गर्ने व्यवस्था छ। तर जग्गा व्यवस्थापन र स्थानीय विरोध कायमै रहेकाले पोखराको फोहोर व्यवस्थापन झन् जटिल बन्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...
पौष २५ गते, २०८२ - २०:३७
झापा । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...
पौष २५ गते, २०८२ - २०:३३
काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहँदा आज काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका ...
पौष २५ गते, २०८२ - २०:३०
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले देशको विकास र समृद्धिका लागि श्रमदान अनिवार्य रहेको बत...
पौष २५ गते, २०८२ - २०:२८
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले आफ्नो स्थापना ५० औँ वर्षको अवसरमा आयोजित स्वर्ण महोत्सव अन्तर्गत बिहीबार र शुक्...
पौष २५ गते, २०८२ - २०:२४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी (निर्वाचन) प्रहरी भर्ना खुलाएसँगै आवेदन प्रक्रिया शुक्रबारदेखि स...
पौष २५ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशन भन्ने बहस जारी रहँदा, भदौ २३–२४ गतेको जेनजी आन्दोलनका अगुवाहरूले पार्टीको आन्तरिक विवादमा चा...
पौष २५ गते, २०८२ - १९:५०
काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले काठमाडौं ...
पौष २५ गते, २०८२ - १९:३४
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद निकाल्न नपाइने व्यवस्था लागू गरेको छ। अब ५ लाखभन्दा माथिको चेक अनिवार्य एकाउन्...




प्रतिकृया लेख्नुहोस्: