Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गरिने

खबरडबली संवाददाता

काठमाडौँ। सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा ९मोडालिटी० तयार भएको छ ।

निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपियाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैंले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्व:पूँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरु र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ । 

इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैह्रआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई शेयर निस्कासन गरी सङ्कलन गरिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिँदै आयोजनाको अनुमानित लागतलाई अद्यावधिक गरी सोही बमोजिम तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

विद्युत उत्पादन कम्पनीसँग विद्युत आयोजनाहरुको अनुमतिपत्र (लाइसेन्स) रहेको तर कुनै पनि आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले कम्पनीको दीर्घकालिन आम्दानी तथा दिगोपनका लागि पनि किमाथाङ्का आयोजना आफैंले बनाउनु पर्ने बताए।

घिसिङले आयोजनाको प्रस्तावित लगानी ढाँचा र त्यस बमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेश गर्न निर्देशन दिए।

किमाथाङ्का अरुणको अध्ययन तथा पूर्वनिर्माण खर्च ७३ करोड १४ लाख रुपियाँ खर्च भएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युतगृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि करिब ४५ करोड रुपियाँ लाग्नेछ ।

आयोजनाबाट वार्षिक रुपमा दुई अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ । यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमश: ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको एक अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ । उक्त विद्युत बिक्रीबाट वार्षिक रुपमा १६ अर्ब ९१ करोड रुपियाँ आम्दानी हुनेछ ।

विद्युत उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०/१०, नागरिक लगानी कोषको ५, एचआइडिसिएल ४, राष्ट्रिय जीवन बिमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत, ४० दिनका लागि १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना हुने

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयक...

गगन थापाको प्रतिबद्धता: बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि हालतमा पार्टी एकता कायम राख्ने बताएका छन्। अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता जोग...

रास्वपाको समानुपातिक सूचीबाट डा. रामजी रामले लिए नाम फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका डा। रामजी रामले आफ्नो नाम फिर्ता लिएका छन्। दलित समुदायको गौरव र दीर्घकालीन प्रतिनि...

रास्वपाबाट लमजुङमा धर्म केसी एकल उमेदवार सिफारिस

लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध...

धनकुटामा दुई व्यक्ति मृत फेला

हिले। छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपा...

कोशी प्रदेशबाट कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम...

हर्क साम्पाङ सुनसरी–१ बाट चुनाव लड्ने

विराटनगर। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद...

कांग्रेस विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग गरे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। छलफल...

कांग्रेसको विशेष महाधिवेशन तयारीका लागि १८ उपसमिति गठन

काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेका छन्। सूचना ...

कांग्रेसका विशेष महाधिवेशन पुस २७–२८ मा गर्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। सूचना प्रसार उपसमितिले बुधब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending