विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१ स्थित परोपकारघाटमा मादक पदार्थ सेवन गरी अर्धनग्न अवस्थामा पूजा–साधना गर्दै होहल्ला गरिरहेको सूचनाका आधारमा ९ असार राति करिब साढे १२ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यस क्रममा चार जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा विराटनगर–६ का ४४ वर्षीय शरेन्द्रमणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का २८ वर्षीय मानिक काफ्ले तथा विराटनगर–४ का ४४ वर्षीय छविलाल घिमिरे रहेका छन्।
प्रहरीले उनीहरू दिनहुँजसो मध्यराति श्मशानघाट पुगेर अघोरी बाबा बन्ने उद्देश्यले पूजा–साधना गर्ने, अर्धनग्न भई होहल्ला मच्चाउने तथा सार्वजनिक स्थलमा अशोभनीय गतिविधि गर्ने गरेको आरोप लगाएको छ। यस्ता गतिविधिले सार्वजनिक शान्ति र सुरक्षामा असर पुर्याएको प्रहरीको भनाइ छ।
पक्राउ परेका चारै जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
अघोरी हिन्दु धर्मभित्रको एक विशिष्ट साधना परम्परासँग सम्बन्धित साधुहरूलाई भनिन्छ। उनीहरू संसारिक मोह, भय र भेदभावबाट मुक्त हुने उद्देश्यले कठोर आध्यात्मिक साधना गर्ने विश्वास गरिन्छ। तर श्मशानघाटमा मध्यराति तपस्या गरेर अलौकिक शक्ति प्राप्त हुने वा अन्य व्यक्तिलाई वशमा पार्न सकिने भन्ने धारणा अन्धविश्वासका रूपमा व्यापक रूपमा फैलिएको पाइन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...
आषाढ़ १० गते, २०८३ - १५:१७
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...
आषाढ़ १० गते, २०८३ - १५:००
काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...
आषाढ़ १० गते, २०८३ - १४:४७
लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...
आषाढ़ १० गते, २०८३ - १४:२७
काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...
आषाढ़ १० गते, २०८३ - १४:२२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...
आषाढ़ १० गते, २०८३ - १३:४६
काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...
आषाढ़ १० गते, २०८३ - १३:३१
काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...
आषाढ़ १० गते, २०८३ - १३:१६
काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...
आषाढ़ १० गते, २०८३ - १२:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...



प्रतिकृया लेख्नुहोस्: