कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल भएको छ ।
सामाजिक विकासमन्त्री मेघराज खड्काले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै दलित सशक्तीकरण ऐन २०७८ को कतिपय बुँदामा भाषागत र कानुनी समस्या देखिएर अहिलेसम्म पनि कार्यान्वयन हुन नसकिरहेकाले संशोधन विधेयक ल्याउनु परेको स्पष्ट पारे ।
यसअघि मन्त्री खड्काले उक्त विधेयकमाथि छलफल गरियोस् भनी बैठकमा प्रस्ताव पेस गरेका थिए । विधेयकमाथिको सामान्य छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ललिता सुनारले विधेयकमा संशोधित कुरा दलित समुदायको हकहितका साथै सामाजिक न्याय र समानताका लागि महत्वपूर्ण रहेको बताए।
अर्का सदस्य लक्ष्मी विकले लोकतन्त्रको अनुभूति र विभेद तथा वञ्चितिकरणमा परेको समुदायलाई अनुभूति हुनेगरी संशोधन गर्नुपर्ने बताइन् । बिहीबारकाे बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’लाई सभा समक्ष टेबुल गरे ।
सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले स्वीकृतिका लागि प्रस्तुत गर्नुभएको समितिको तेस्रो वार्षिक प्रतिवेदन २०८२ को प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सदस्य चक्रबहादुर मल्लले विधेयकका बारेमा पहिले अध्ययन र छलफलको मौका दिएर मात्र विधेयक सभामा पेस गर्न ध्यानाकर्षण गराए ।
जेनजी आन्दोलनमा क्षति पुगेको प्रदेशसभा भवनको मर्मत पूरा भएपछि यही पुस १६ गते बुधबारदेखि प्रदेशसभाको चालु अधिवेशन अन्तर्गतको बैठक सुचारु भएको हो । चालु अधिवेशन अन्तर्गतको पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: