Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

अलैँचीको खेती क्षेत्र बढ्यो, उत्पादन घटयो

खबरडबली संवाददाता

ताप्लेजुङ। ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा यसवर्ष उत्पादन भने घटेको हो ।

खोल्सीको ‘कालो सुन’ को उपमासमेत पाएको अलैँचीको उत्पादन गत वर्षको तुलनामा यो वर्ष २४८ मेट्रिक टनले घटेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यसवर्ष दुई हजार २९१ मेट्रिकटन अलैँची उत्पादन भएको छ । गत वर्ष दुई हजार ५३९ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रकी बाली विकास अधिकृत मुना न्यौपानेका अनुसार यसवर्ष अलैँची उत्पादन घटे पनि खेतीको क्षेत्र भने बढेको छ । जिल्लामा यो वर्ष कुल चार हजार ५७८ हेक्टर क्षेत्रफल बरबारको खेतीबाट उक्त परिमाणमा अलैँची उत्पादन भएको बाली विकास अधिकृत न्यौपानेले जानकारी दिए ।

गतवर्ष चार हजार ३०४ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट दुई हजार ५३९ मेट्रिकटन अलैँची उत्पादन भएको उनले बताए। उनका अनुसार यसवर्ष अलैँची खेतीका लागि मौसम प्रतिकूल भएको अर्थात लामो समयसम्म खडेरी लागेका कारण अलैँचीको बोट र फूल सुकेकाले उत्पादन घटेको हो । यता पछिल्लो समय किसानले नयाँ बिरुवा रोप्ने र बगान (बगैँचा) विस्तार गर्न थालेपछि खेती गरिएको क्षेत्रफल भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसानहरु खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुने गर्दछ । यहाँका किसानले रामसाई, चिवेसाई, गोलसाई, डम्बरसाई, भर्लाङलगायत प्रजातिका अलैँची खेती गर्ने गर्दछन् ।

पछिल्लो केही वर्षयता अलैँचीको मूल्य बर्सेनि वृद्धि हुँदै आएको छ । यसवर्षमा पनि चलनचल्तीको (साधारण) अलैँची प्रतिमन (४० किलोग्राम) एक लाख दुई हजार रुपियाँसम्ममा कारोबार भएको छ । हिजोआज भने मूल्य केही घटेर प्रतिमन ९६ हजार रुपियाँमा स्थानीय बजारमा कारोबार हुँदै आएको छ । तत्काल कायम रहेको मूल्यले पनि यसवर्ष ताप्लेजुङमा पाँच अर्ब ४९ करोड ८४ लाख रुपियाँको अलैँची उत्पादन भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापाबाट एमालेको समानुपातिक सूचीमा ९ जना

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापा जिल्लाबाट ९ जना परेका छन्। झापा ठेगाना भएक...

जिल्ला प्रशासन जुम्लामा राष्ट्रिय परिचयपत्रको फारम नि:शुल्क भर्न सुरु

जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालयमै राष्ट्रिय परिचयपत्रको फाराम नि:शुल्क भर्ने व्यवस्था सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडे...

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे...

रास्वपाको समानुपातिक सूचीबाट टासी लाक्पा शेर्पाले गरे नाम फिर्ता लिने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले आफ्नो नाम फिर्ता लिन चाहेको बताएक...

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते

कञ्चनपुर। कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएको छन् । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रर...

आजपनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकोमा आज पनि सुनको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला रु द...

अलैँचीको खेती क्षेत्र बढ्यो, उत्पादन घटयो

ताप्लेजुङ। ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा य...

समानुपातिक बन्दसूचीमाथि निर्वाचन आयोगको थाल्यो छानबिन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending