पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आएको छ। पोखरा महानगरपालिका–२८ मा रहेको यो विद्यालयले शैक्षिक गुणस्तर सुधार्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीका लागि यस्तो सुविधा मिलाएको हो।
विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन विद्यालयले बिहान ७:३० बजेदेखि नै कक्षा सञ्चालन गर्दै आएको छ। टाढाबाट आउने विद्यार्थीहरूलाई पढाइमा सहज होस् र अभिभावकलाई पनि आर्थिक भार कम परोस् भनेर 'दिवा छात्रावास' को अवधारणाअनुसार गत भदौदेखि खानाको व्यवस्था सुरु गरिएको प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिए।
यति न्यून शुल्कमा खाना खुवाउने कार्य विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगका कारण सम्भव भएको हो। पूर्वविद्यार्थीहरूले विद्यालयलाई दाल, चामल, तरकारीका साथै नगद सहयोग उपलब्ध गराउँदै आएका छन्। यस विद्यालयमा भगवतीटार, नौरुङ, राम्चे र ओख्ले जस्ता विकट ठाउँबाट झण्डै डेढ घण्टा हिँडेर विद्यार्थीहरू पढ्न आउने गर्छन्।
हालसम्म विद्यालयको आफ्नै बस नहुँदा टाढाका विद्यार्थीलाई समस्या परिरहेको छ। बस सुविधाका लागि भारतीय दूतावासमा प्रस्ताव पठाइएको र यसै आर्थिक वर्षभित्र बस प्राप्त हुने अपेक्षा गरिएको प्रधानाध्यापक न्यौपानेले बताए। वि.सं. २०१६ मा स्थापना भएको यस विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान विषयको समेत पठनपाठन गराउँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...
पौष १६ गते, २०८२ - १८:११
काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिइएको छ । बु...
पौष १६ गते, २०८२ - १८:०७
पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आए...




प्रतिकृया लेख्नुहोस्: