Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

गाजामा मानवीय र स्वास्थ्य सङ्कट गहिरिँदै

खबरडबली संवाददाता

गाजा । गाजा स्ट्रिपमा टेन्टमा बसिरहेका विस्थापितहरूमा ‘लेप्टोस्पाइरोसिस’ नामक रोग फैलिन सक्ने चेतावनी जारी गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारी बास्सम जाकुतका अनुसार यो रोग मुख्यतया मूसाको फोहोर मिसिएको बाढीको पानीसँग सम्पर्क हुँदा फैलिन्छ । साथै, उक्त रोगको विशेष गरी चप्पल नभएका बालबालिकामा जोखिम बढी हुन्छ ।

लेप्टोस्पाइरोसिस ब्याक्टेरियाबाट फैलिने रोग हो, जसमा सङ्क्रमित जनावरको पिसाब वा त्यसले दूषित गरेको वातावरणसँग सिधा सम्पर्क हुँदा मानिसमा सङ्क्रमण हुन्छ । जाकुतले शङ्का लागेका केसका नमूना विश्व स्वास्थ्य सङ्गठनमार्फत परीक्षणका लागि पठाइएको बताए ।

अध्ययन अनुसार गाजामा द्वन्द्वका कारण पानी आपूर्ति र सरसफाइ प्रणाली प्रभावित भएका छन्, जसले चूहा र कीराको सङ्ख्या बढाएको छ र विस्थापित जनसङ्ख्यामा स्वास्थ्य जोखिम थप बढाएको छ । टेन्टहरूले अब तेज हावा र वर्षाबाट सुरक्षा दिन सकेका छैनन्, र धेरै टेन्ट तथा स्वास्थ्य केन्द्र हालसालै ढलेका छन् । इन्धन र सुरक्षात्मक उपकरणको अभावले स्वास्थ्यकर्मीहरूको राहत कार्यमा अवरोध पु¥याइरहेको छ, जसका कारण डायरिया र श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणमा वृद्धि भएको छ ।

अर्कोतर्फ, गाजाका स्वास्थ्य अधिकारीहरूले अत्यन्तै अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटका कारण क्यान्सर औषधिको ठूलो कमी, परीक्षण सेवा अभाव र सीमा नाका बन्दले बिरामीहरूको उपचार विदेशमा सम्भव नभएको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरूको अनुसार आवश्यक औषधिमा ५२ प्रतिशत, मेडिकल सामग्रीमा ७१ प्रतिशत र प्रयोगशाला तथा ब्लड बैङ्कमा ५९ प्रतिशत कमी छ । हाल ६५० मृगौला डायलासिस रोगी, एक हजार क्यान्सर रोगी र करिब दुई लाख ८८ हजार मानिसहरू प्राथमिक स्वास्थ्य सेवामा आवश्यक सहयोग नपाउँदा गम्भीर स्वास्थ्य जोखिममा रहेका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending