Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी

खबरडबली संवाददाता

गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पुर्‍याइएपछि स्थानीयमा खुसीयाली छाएको छ । वर्षौँदेखि खानेपानीको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब घरदैलोमै खानेपानीको सुविधा पाएका छन् ।

बहुपक्षीय लगानीमा सम्पन्न यस परियोजनाका लागि लुम्बिनी प्रदेश सरकारबाट १५ लाख, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५५ लाख ३३ हजार र ग्रामीण प्रविधि केन्द्रबाट २९ लाख ६१ हजार रुपैयाँ प्राप्त भएको थियो । यस्तै, गुल्मीदरबार गाउँपालिकाले २२ लाख र वाइन टु वाटर नेपालले ५५ लाख ६२ हजार रुपैयाँ लगानी गरेका छन् । स्थानीय उपभोक्ताले समेत २४ लाख रुपैयाँ बराबरको श्रमदान गरेपछि यो ठुलो खानेपानी आयोजना सफल भएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताए ।

ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा सञ्चालित यो परियोजनाले बलिथुमका अधिकांश घरलाई समेटेको छ । जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमार्फत जलवायु परिवर्तन उत्थानशीलता र जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । 

स्थानीय सरकारको एकल लगानीले मात्र सम्भव नहुने यस्ता ठुला परियोजना दातृ निकायको सहयोगमा सम्पन्न हुँदा घरघरमा सहजै पानी पुगेको गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेँगाको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...

अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम

तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ जना घाइते

मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...

नेकपासहित नाै दलले बुझाए समानुपातिक उम्मेदवारको सूची

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...

गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित

गाजा । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending