Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

खबरडबली संवाददाता

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ सालदेखि प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा दिवस घोषणा गरिएको हो। यसअघि राष्ट्रिय कृषक समूह महासङ्घलगायत कृषिसँग सम्बन्धित संस्थाले पाँच वर्षसम्म अनौपचारिक रूपमा कोदो दिवस मनाउँदै आएका थिए।

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘कोदोजन्य बाली वर्ष’ घोषणा गरेपछि नेपालमा पनि कोदोको संरक्षण र प्रवर्द्धनप्रति चासो बढेको छ। कृषकहरूको मागका आधारमा तत्कालीन कृषिमन्त्री रामनाथ अधिकारीले राष्ट्रिय कोदो दिवस घोषणा गराउन नेतृत्वदायी भूमिका खेलेका थिए।

कृषिविज्ञहरूका अनुसार कोदो कम लागतमा उत्पादन हुने, रासायनिक मल तथा विषादीको आवश्यकता नपर्ने, पोषणयुक्त र दीर्घकालसम्म सुरक्षित भण्डारण गर्न सकिने बाली हो। राम्रोसँग भण्डारण गरेमा कोदो सयौँ वर्षसम्म सुरक्षित रहन सक्ने भएकाले भविष्यमा खाद्य सुरक्षाका लागि पनि महत्वपूर्ण मानिएको छ।

कृषिविज्ञ कृष्णप्रसाद पौडेलले स्वदेशमै पर्याप्त उत्पादन गर्न सकिने कोदोमा करोडौँ रुपैयाँ खर्चेर भइरहेको आयातलाई विस्थापन गर्न सरकार र स्थानीय तहले उत्पादन विस्तारमा जोड दिनुपर्ने बताएका छन्। खाली जमिनमा कोदो खेती विस्तार गर्नुपर्ने उनको सुझाव छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपालमा कुपोषणको समस्या अझै चुनौतीका रूपमा रहेकाले पोषणयुक्त कोदोको उत्पादन र उपभोग बढाउनु आवश्यक रहेको बताए। विशेषगरी विद्यालय उमेरका बालबालिकाको पोषण सुधारमा कोदो उपयोगी हुन सक्ने उनको भनाइ छ।

सरकारी तथ्याङ्कअनुसार कोदो आयात निरन्तर बढ्दो क्रममा छ। आर्थिक वर्ष २०७६/७७ मा ७ करोड १५ लाख रुपैयाँ बराबरको कोदो आयात भएको थियो। यो रकम २०७७/७८ मा ७ करोड २२ लाख, २०७९/८० मा ७३ करोड २० लाख र २०८०/८१ मा ७५ करोड ४४ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

दोस्रो राष्ट्रिय कोदो दिवसको मुख्य कार्यक्रम कृषि विभागले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ ठोकर्पामा आयोजना गरेको छ। सिन्धुपाल्चोक नेपालकै प्रमुख कोदो उत्पादन हुने जिल्लामध्ये एक मानिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending