काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छन्।
लामो समयदेखि राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रका कारण निराश बनेका लगानीकर्ताहरू नयाँ राजनीतिक शक्तिसँगको बालेनको मिलनले आशावादी देखिएका हुन्। उनीहरूले यसले राजनीतिक स्थायित्व र आर्थिक सुधारतर्फ सकारात्मक सन्देश जाने अपेक्षा गरेका छन्।
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। अघिल्ला दुई कारोबार दिन झिनो सुधार देखिएको नेप्से आइतबार ४७।५५ अंकले बढेको हो।
गत बिहीबारको तुलनामा १.८३ प्रतिशतले वृद्धि भएपछि नेप्से परिसूचक २ हजार ६ सय ३३.४२ विन्दुमा पुगेको छ। चार कारोबार दिनपछि नेप्से पुन: २६ सय विन्दु माथि उक्लिएको हो। यसअघि गत आइतबार १९.९२ अंकले घटेपछि नेप्से २ हजार ५ सय ९५.१० विन्दुमा झरेको थियो।
आइतबार २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ। कारोबारमा आएका १३ वटै उपसमूह हरियाली देखिएका छन्। सबैभन्दा बढी निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन उपसमूहमा वृद्धि देखिएको छ।
कुल ८९ हजार २५१ पटकको कारोबारमा १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच भएका छन्। ती कारोबारबाट ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। गत बिहीबार सेयर बजारमा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: