Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार दिउँसो भएको उक्त छलफललाई वर्तमान राजनीतिक अवस्थाका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । राष्ट्रपति पौडेलको समन्वयमा भएको यो संवाद पछिल्ला दिनहरूमा देखिएको राजनीतिक तनाव र असमझदारीको पृष्ठभूमिमा भएको हो ।

राष्ट्रपति निकट स्रोतका अनुसार छलफलमा मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट, सरकार सञ्चालनमा देखिएका चुनौती, दलहरूबीचको सहकार्य, आसन्न निर्वाचनको तयारी तथा निर्वाचनको अनुकूल वातावरण निर्माणका विषयमा विस्तृत रूपमा विचार–विमर्श भएको थियो । विशेष गरी निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउने विषयमा सबै दलको साझा प्रतिबद्धताको आवश्यकता औँल्याइएको स्रोतले जनाएको छ ।

छलफलमा सहभागी नेताहरूले आपसी संवाद र सहमतिबाटै राजनीतिक जटिलता समाधान गर्नुपर्नेमा जोड दिएका थिए । राजनीतिक स्थिरता कायम गर्दै लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउने विषयमा पनि नेताहरूबीच विचार आदान–प्रदान भएको बताइएको छ ।

यसैबीच, स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की स्वयंको आग्रहमा राष्ट्रपति कार्यालयले शीर्ष नेताहरूसँगको छलफलका लागि समन्वय गरेको हो । यसअघि प्रधानमन्त्री बनेपछि शीर्ष नेताको ‘मुखै नहेर्ने’ अभिव्यक्ति दिएकी प्रधानमन्त्री कार्कीले पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै संवादको बाटो रोजेको स्रोतको दाबी छ ।

राजनीतिक वृत्तमा यो छलफललाई दलहरूबीच बढ्दै गएको दूरी कम गर्न र निर्वाचन केन्द्रित सहकार्यको आधार तयार गर्ने प्रयासका रूपमा हेरिएको छ । राष्ट्रपति पौडेलको सक्रियताले आगामी दिनमा थप संवाद र सहमतिका पहलहरू अघि बढ्न सक्ने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending