Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

श्रीलङ्कालाई भारतको ४५ करोड डलर सहयोग

खबरडबली संवाददाता

कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्माण सहयोग प्रदान गर्ने घोषणा गरेको छ । 

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले मङ्गलबार श्रीलङ्काको भ्रमणका क्रममा उक्त सहयोगको जानकारी दिनु भएको हो । गत महिना दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कामा आएको चक्रवात दितवाहका कारण ६४० भन्दा बढी मानिसको ज्यान गएको थियो । आँधीसँगै आएको भीषण वर्षाले बाढी र भूस्खलन निम्त्याउँदा ठुलो जनधनको क्षति भएको थियो । 

विश्व बैँकका अनुसार यस प्रकोपले करिब चार अर्ब डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को करिब चार प्रतिशत बराबर हो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले उक्त चक्रवातबाट २० लाखभन्दा बढी मानिस प्रभावित भएको बताउँदै यसलाई टापुको इतिहासमै सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक विपद भएको रूपमा वर्णन गर्नु भएको छ ।

दुई दिने आधिकारिक भ्रमणमा रहेका विदेशमन्त्री जयशङ्करले कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र राष्ट्रपति दिसानायकलाई हस्तान्तरण गरेकाे, जसमा ४५ करोड मिलियन डलरको पुनर्निर्माण प्याकेज उपलब्ध गराउने प्रतिबद्धता उल्लेख रहेको जानकारी दिए । 

उनका अनुसार उक्त सहयोगमध्ये ३५ करोड डलर सहुलियतपूर्ण ‘लाइन अफ क्रेडिट’ का रूपमा उपलब्ध गराइने छ भने बाँकी १० करोड डलर अनुदानका रूपमा प्रदान गरिने छ । जयशङ्करले चक्रवातपछि भारतले तत्कालरूपमा श्रीलङ्कालाई औषधी, अत्यावश्यक उपकरणसहित एक हजार १०० टन राहत सामग्री पठाएको कुरा पनि स्मरण गराउनु भयो । “क्षतिको परिमाण अत्यन्त ठुलो भएकाले यातायात तथा सम्पर्क पुनःस्थापना तत्काल प्राथमिकता थियो”, उनले भने । 

यसका लागि भारतीय सेनाले पोर्टेबल पुल उपलब्ध गराएर सहयोग गरेको विवरण पनि उनले प्रस्तुत गरे । उनले भारतले श्रीलङ्कामा भारतीय पर्यटन प्रवर्धन गर्ने, लगानी विस्तार गर्ने र अन्य माध्यमबाट आर्थिक क्षति न्यूनीकरणमा सहयोग गर्ने उपाय पनि अघि बढाइरहेको जानकारी दिए । “भारतबाट प्रत्यक्ष विदेशी लगानीमा भएको वृद्धिले यो कठिन समयमा श्रीलङ्काको अर्थतन्त्रलाई थप ऊर्जा दिन सक्छ”, उनले भने । 

चक्रवात आएको समयमा श्रीलङ्का सन् २०२२ मा भोगेको गम्भीर आर्थिक सङ्कटबाट क्रमशः बाहिर निस्कँदै थियो । खाद्यान्न, इन्धन र औषधी जस्ता अत्यावश्यक वस्तु आयात गर्न विदेशी मुद्रा भण्डार अत्यधिक खपत भएपछि देश गहिरो सङ्कटमा परेको थियो । सन् २०२३ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दुई अर्ब ९० करोड डलरको राहत प्याकेज स्वीकृत भएपछि अर्थतन्त्र केही हदसम्म स्थिर हुँदै आएको छ । भारतको पछिल्लो सहयोगले प्राकृतिक विपद र आर्थिक चुनौती दुवैसँग जुधिरहेको श्रीलङ्कालाई पुनः स्थापना र दीर्घकालीन पुनर्निर्माणतर्फ अघि बढ्न महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending