Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

रास्वपा महाधिवेशन : नेतृत्वमा दाबी गर्न हजारौँ शुल्क र दर्जनौँ समर्थकको सर्त

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक मापदण्ड सार्वजनिक गरेको छ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार आगामी मंगलबार बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

पार्टीले विभिन्न पदका उम्मेदवारका लागि फरक–फरक शुल्क र समर्थक संख्या निर्धारण गरेको छ। सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ५१ हजार रुपैयाँ शुल्क लाग्नेछ। साथै, उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थक जुटाउनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षलगायत पदाधिकारी पदमा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ। यी पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ।

केन्द्रीय सदस्य पदका आकांक्षीले भने २१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। उनीहरूका लागि पनि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ।

रास्वपाले पहिलोपटक महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो। नेतृत्वका लागि उम्मेदवारी दर्ता, प्रचारप्रसार र मतदान प्रक्रिया तय भएसँगै महाधिवेशनको राजनीतिक चासो समेत बढेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending