Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने अन्तिम तयारी थालेको छ । 

सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी बयान सकिएसँगै आयोगले दुबै शीर्ष राजनीतिक नेतृत्वलाई औपचारिक पत्र पठाउने तयारी गरेको हो । आयोगले कम्तीमा एक साताको समय दिएर बयानका लागि उपस्थित हुन पत्राचार गर्ने तयारी गरेको छ । हाल आयोगले तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ भने अहिलेका आईजीपी एवं तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही अंश बाँकी छ । ती बयान एक–दुई दिनमै सकिएपछि ओली र लेखकलाई बोलाउने पत्रको प्रक्रिया अघि बढाइने आयोग स्रोतले जनाएको छ ।

जाँचबुझ आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले तत्कालीन सरकारको नेतृत्व र शान्ति–सुरक्षाको प्रत्यक्ष जिम्मेवारीमा रहेका व्यक्तिहरू अनुसन्धानको दायरामा आउनै पर्ने स्पष्ट पारे । ‘बाँकी बयान सकेपछि हामी तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई डाक्छौं,’ शर्माले भने, ‘कसैलाई पनि सहुलियत दिइँदैन, सबै अनुसन्धानको दायरामा आउँछन् ।’

आयोगले आफ्नै कर्मचारी वा सुरक्षाकर्मी परिचालन गरेर म्याद तामेल गर्ने तयारी गरेको छ । गृहमन्त्री रमेश लेखकले भने पूर्वसूचना पाए आफू कुनै पनि दिन आयोगमा उपस्थित भएर बयान दिन तयार रहेको मौखिक सन्देश पठाइसकेको आयोगसम्बद्ध स्रोतले जनाएको छ । ‘लेखकको बयानको हकमा खास समस्या देखिएको छैन,’ स्रोतले भन्यो ।

तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयानबारे आयोगभित्र गम्भीर छलफल चलिरहेको छ । म्याद कसरी तामेल गर्ने, ओली बयानमा उपस्थित नभए के गर्ने भन्नेबारे विभिन्न विकल्पमाथि आयोगका अध्यक्ष र सदस्यहरूबीच छलफल भइरहेको छ । आयोगकै कर्मचारी वा प्रहरी परिचालन गरेर ओली निवासमै म्याद तामेल गर्ने, पत्र बुझ्न नमाने घरको भित्तामा टाँस्ने वा सञ्चारमाध्यममार्फत सूचना सार्वजनिक गर्ने विकल्पसमेत विचाराधीन छन् ।

यसैबीच, आइतबार हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने अभिव्यक्ति दिएका थिए । उनले आयोगको विश्वसनीयतामाथि प्रश्न उठाउँदै ‘बयान नदिएको कारण गोली नै हान्नुपरे पनि तयार छु’ भन्ने आक्रोशपूर्ण प्रतिक्रिया दिएका थिए ।

ओली बयानमा उपस्थित नभएमा हुने कानुनी र राजनीतिक परिणामबारे आयोगभित्र छलफल भइरहेको छ । जाँचबुझमा असहयोग गरेबापत लाग्ने जरिवाना, गिरफ्तारीसम्मका विकल्पबारे छलफल भए पनि पक्राउ गरेर उपस्थित गराएपछि पनि उनले बयान दिन अस्वीकार गरे के गर्ने भन्ने प्रश्न आयोगका लागि चुनौती बनेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending