Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

खबरडबली संवाददाता

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या आएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत गाउँपालिकाको करिब १४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने योजना छ। गाउँपालिकाको सिधुवा, बञ्चरे, पाथीभरा, पिल्ले, कर्कले, मार्से, खाम्नेरा, ताम्लिङ तथा हात्तीखर्कको तल्लो क्षेत्रमा आँप उत्पादनको सम्भावना रहेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताए।

ज्ञान केन्द्रले गत मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै आँपको ब्लक कार्यक्रम सञ्चालनका लागि निवेदन आह्वान गरेको थियो। तर, कुनै निवेदन परेन। १५ दिनको म्याद सकिँदा पनि कुनै निवेदन नपरेपछि पुनः केही दिनका लागि म्याद थप्ने तयारी गरिएको निमित्त प्रमुख रानाले बताए। 

कार्यालयले आँप खेतीको लागि कृषि समूह, कृषि सहकारी, जल तथा वन उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको थियो। तर, कुनै निवेदन नपर्दा कार्यक्रम नै अन्याेलमा परेको कार्यालयले जनाएको छ। कार्यक्रम सञ्चालनका लागि कृषि शाखामार्फत कृषक समूहसम्म जानकारी पठाए पनि खेती गर्न धेरै जग्गा आवश्यक पर्ने भएकाले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि थप छलफल गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए। 

पालिकाको विभिन्न सामुदायिक वनमा खाली जग्गा भएकाले आँप खेतीका लागि पालिकाले अध्ययन गरिरहेको छ। बिरुवा र प्राविधिक सहयोग गरेर आँप प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए। कृषि ज्ञान केन्द्रले गाउँपालिकाको वडा नं. ३, ४ र ५ नम्बर वडाको तल्लो क्षेत्रमा कार्यक्रम सञ्चालको तयारी गरेको छ। वडाले भने आँपखेती सञ्चालनको मोडल स्पष्ट नभएकाले किसान र सरकारी निकायहरूसँग समन्वय गरेर लगानीको मोडल र प्राविधिक विषयमा बुझ्ने कार्य भइरहेको वडा नं. ४ का वडाध्यक्ष टेकबहादुर घिसिङले बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending