काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन ।
सरकारले औद्योगिक क्षेत्रमार्फत १० लाखलाई प्रत्यक्ष र ३० लाखलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको थियो । तर बजेट अभाव, जग्गा अतिक्रमण, लगानीकर्ता यकिन नहुनु र परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न नहुनुजस्ता कारणले निर्माण अघि बढ्न नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
२०७२ सालमा चितवनको शक्तिखोर, बाँकेको नौवस्ता, मकवानपुरको मयुरधाप, कञ्चनपुरको दैजी, रुपन्देहीको मोतीपुर, झापाको दमक र दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो । केही स्थानमा शिलान्यास, डिपिआर, इआइए तथा चार किल्ला लगाउने काम भए पनि निर्माण सुरु हुन सकेको छैन ।
लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीका अनुसार अव्यवस्थित बस्ती, वनसम्बन्धी समस्या र न्यून बजेट विनियोजनका कारण औद्योगिक क्षेत्र अघि बढ्न सकेका छैनन् । एउटा औद्योगिक क्षेत्र निर्माण गर्न पाँच अर्बदेखि ३० अर्ब रुपैयाँसम्म लागत लाग्ने अनुमान छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजनीतिक तथा नीतिगत स्थायित्व नहुँदा निजी क्षेत्र उद्योग स्थापना गर्न हिच्किचाइरहेको बताए । पूर्वउद्योग सचिव कृष्ण ज्ञवालीले औद्योगिक क्षेत्र सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय तह मिलेर पूर्वाधारसहित जग्गा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे ।
निर्माण सुरु नभए पनि केही औद्योगिक क्षेत्रमा प्रारम्भिक काम भने भइरहेको लिमिटेडले जनाएको छ । शक्तिखोरमा वनसम्बन्धी प्रक्रिया अघि बढाइएको छ भने दाङको लक्ष्मीपुरमा चार किल्ला लगाउने काम सम्पन्न भएको छ । दैजी र मोतीपुरमा डिपिआर तथा इआइएसम्बन्धी काम विभिन्न चरणमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: