काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले एकैपटक आठ सीडीओसहित गृह मन्त्रालयका १३ सहसचिवलाई अन्य मन्त्रालयमा सरुवा गरेपछि ती जिल्लामा चार दिनसम्म नयाँ सीडीओ नखटाइँदा प्रशासनिक अन्योल देखिएको हो ।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरिसकेको अवस्थामा जिल्ला प्रशासनले शान्ति सुरक्षा, निर्वाचन तयारी र सरकारी समन्वयको नेतृत्व गर्नुपर्ने हुन्छ । तर लमजुङ, खोटाङ, इलाम, सल्यान, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी पश्चिम र बाराजस्ता संवेदनशील जिल्लामा सीडीओको जिम्मेवारी नै रिक्त रहनु गम्भीर प्रश्नको विषय बनेको छ ।
सरुवा भएका सहसचिवहरूमा डा. टोकराज पाण्डेय (लमजुङ), कल्पना श्रेष्ठ (खोटाङ), सुनिता नेपाल (इलाम), नेत्रप्रसाद सुवेदी (सल्यान), नारायणप्रसाद रिसाल (दोलखा), बन्धुप्रसाद बास्तोला (सिन्धुपाल्चोक), कृष्णप्रसाद लम्साल (नवलपरासी पश्चिम) र धर्मेन्द्रकुमार मिश्र (बारा) रहेका छन् । उनीहरू सबै निर्वाचनको तयारीमा महत्वपूर्ण भूमिका निभाइरहेका थिए ।
यति ठूलो संख्यामा एकैपटक सीडीओ हटाइए पनि नयाँ सहसचिवलाई तत्काल जिम्मेवारी नदिइनु गृह मन्त्रालयको योजना र तयारीमाथि प्रश्न उठ्ने अवस्था आएको छ । सीडीओ नहुँदा जिल्ला सुरक्षा समितिको नेतृत्व, निर्वाचनसम्बन्धी निर्णय प्रक्रिया र संवेदनशील प्रशासनिक काम प्रभावित हुने जोखिम बढेको जानकारहरू बताउँछन् ।
नयाँ सीडीओ कहिले पठाइन्छ भन्ने जिज्ञासामा गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले स्पष्ट जवाफ दिन चाहेनन् । उनले भने, “पछि कुरा गरौँला,” भन्दै प्रतिक्रिया टार्न खोजे ।
यसै सरुवामा गृह मन्त्रालयबाट कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्मा र विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्दप्रसाद रिजाल पनि बाहिरिएका छन् । अतिरिक्त समूहमा रहेका सहसचिव शंकरहरि आचार्य, गोपालप्रसाद अर्याल र खिमबहादुर रायमाझीको समेत सरुवा भएको छ ।
सरुवाका क्रममा गृह मन्त्रालयबाट १३ सहसचिव बाहिरिँदा अन्य मन्त्रालय र निकायबाट सात सहसचिव भित्रिएका छन् । भित्रिनेमा उमेश ढुंगाना, शान्तिराज प्रसाई, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: