भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गरी धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने लक्ष्यसहित बौद्धस्तूप निर्माण गरिएको हो ।
सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाख बजेटमा स्तूप निर्माण गरिएको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नवराज माङ्पाहाङ्गले जानकारी दिए । काठमाडौँस्थित बौद्धनाथ स्तूपको शैली र आकारलाई आधार मानेर बौद्धस्तूप निर्माण गरिएको हो ।
खोलुखुम्बु क्षेत्रबाट दक्ष कालीगढ ल्याएर काम सम्पन्न गरिएको वडाध्यक्ष माङ्पाहाङ्गले बताए । यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका साथै बौद्ध धर्मावलम्बी समुदायलाई लक्षित गरी स्तूप निर्माण गरिएको उनको भनाइ छ ।
“धार्मिक तथा प्राकृतिक सम्भावना भएकाले पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आयस्तरमा सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले राखी स्तूप निर्माण गरेका हौँ”, वडाध्यक्ष माङ्पाहाङ्गले भने, “पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको क्षेत्र हो । स्तूप निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।”
पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए । उनका अनुसार स्तूपसँगै यहाँ सिँढीसहित पदमार्गसमेत निर्माण गरिएको छ । चालु आर्थिक वर्षभित्र प्रदेश सरकारबाट प्राप्त रु तीन लाख बजेटमा अर्को सानो स्तूपसमेत निर्माण गर्ने योजना रहेको उनले बताए ।
निर्माण भएको स्तूप २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार राईले जानकारी दिए । वडाको पहलमा निर्माण भइरहेका भौतिक संरचनाले पाँचधारे क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
“टेम्केमैयुङ गाउँपालिका कृषि र पर्यटन दुवै दृष्टिले प्रशस्त सम्भावना रहेको क्षेत्र हो”, उपाध्यक्ष राईले भनिन्, “स्थानीयवासीको जीविकोपार्जनसँग कृषि र पर्यटनलाई जोड्ने हाम्रो लक्ष्य छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...
पौष ७ गते, २०८२ - १७:४१
मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...
पौष ७ गते, २०८२ - १७:३९
अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...
पौष ७ गते, २०८२ - १७:३६
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...
पौष ७ गते, २०८२ - १७:३४
क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...




प्रतिकृया लेख्नुहोस्: