Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी को नेतृत्वमा बनेको ५ सदस्यीय आयोगलाई प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका राजपत्राङ्कित द्वितीय श्रेणी (डीएसपी सरह) र सोभन्दा माथिका कर्मचारीको सम्पत्ति छानबिन गर्ने अधिकार दिइएको हो।

सरकारले राजपत्रमार्फत सार्वजनिक गरेको कार्यादेश अनुसार, कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका डीएसपी तहका अधिकृतहरू पनि छानबिनको दायरामा पर्नेछन्। त्यस्तै, कार्यालय प्रमुख नभएका हकमा भने वरिष्ठ उपरीक्षक (एसएसपी) र सोभन्दा माथिका अधिकारीहरूको सम्पत्ति जाँच गरिनेछ।

निजामती सेवातर्फ सहसचिव सरह र सोभन्दा माथिका कर्मचारी पनि आयोगको निगरानीमा रहनेछन्।

तर, सैनिक अधिकृत र न्यायाधीशको सम्पत्ति छानबिन गर्ने अधिकार आयोगलाई दिइएको छैन। यद्यपि, उनीहरुविरुद्ध उजुरी आएमा सम्बन्धित निकायमार्फत अनुसन्धान अघि बढाइने व्यवस्था गरिएको छ।

आयोगले दुई चरणमा काम गर्नेछ। पहिलो चरणमा २०६२/६३ देखि २०८२/८३ सम्म पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण सङ्कलन र छानबिन हुनेछ भने दोस्रो चरणमा २०५८ देखि २०६१/६२ सम्मको अवधिमा रहेका पदाधिकारीहरूलाई समेटिनेछ।

आयोगमा पूर्व न्यायाधीश, पूर्व प्रहरी अधिकारी तथा चार्टर्ड एकाउन्टेन्टसहितका सदस्यहरू रहेका छन् र काम सम्पन्न गर्न एक वर्षको समयसीमा तोकिएको छ।

यस निर्णयसँगै सार्वजनिक पदमा रहेका अधिकारीहरूको सम्पत्ति पारदर्शिता र उत्तरदायित्वबारे बहस फेरि तीव्र हुने देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

दुर्गम बस्तीमा पनि पहुँच: स्याटेलाइटमार्फत सेवा विस्तार गर्दै नेपाल टेलिकम

काठमाडौं । देशका विकट र दुर्गम बस्तीहरूमा सञ्चार सेवा पुर्‍याउने लक्ष्यसहित नेपाल टेलिकम ले स्याटेलाइट प्रविधिमार्फत मोबाइल र डाटा सेवा विस्तारलाई तीव...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष...

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् ।   राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिप...

रोल्पा दुर्घटनाः २० जनाको मृत्युमा नेकपा संयोजक ‘प्रचण्ड’ स्तब्ध, राहत र सुरक्षामा जोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...

त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...

नेपाल–चीन सम्बन्धमा नयाँ सन्देश: राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...

रौतहटमा अलपत्र परेका पुल देखेपछि सांसदले भने– अब कुनै पनि बहाना हुँदैन

रौतहट  । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं ।  विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending