Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

खबरडबली संवाददाता

कपिलवस्तु। कपिलवस्तु सदरमुकाम तौलिहवा तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र गुणस्तर तथा नापतौल कार्यालय बुटवलको संयुक्त टोलीले अनुगमन गरेको हो ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार नागरिकबाट गुनासो आएपछि पेट्रोल पम्पहरूको अनुगमन गरिएको हो । उनले भने, “सर्वसाधारणलाई घाटा हुने गरी कम परिमाणमा पेट्रोल बिक्री भएको भेटिएन, तर दुई वटा पेट्रोल पम्पमा निर्धारितभन्दा बढी पेट्रोल बिक्री भएको पाइएको छ ।”

उहाँका अनुसार कपिलबस्तु नगरपालिका–३ स्थित चिन्निलाल कान्दु पेट्रोल पम्प र बुद्धभूमि नगरपालिका–१० विजगौरीस्थित श्री तौलेश्वरनाथ आयल सेन्टरमा पाँच लिटर पेट्रोलमा करिब ३० देखि ३५ मिलिलिटरसम्म बढी बिक्री भएको पाइएको छ ।

उक्त पेट्रोल पम्पहरूलाई तत्कालका लागि पेट्रोल बिक्री–वितरणमा रोक लगाइएको छ । नापतौल विभागबाट प्राविधिक टोली झिकाई मेसिन परीक्षण गरिने र कैफियत भेटिएमा कानुनी कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

अनुगमन टोलीले बुद्धभूमि नगरपालिका–२ स्थित रितु अटो सेन्टर, सोही वडाको बडहरा क्षेत्रस्थित बुद्ध दर्शन पेट्रोल पम्प तथा वडा नं। ५ प्रेमनगरस्थित श्री लक्ष्मी आयल सेन्टरमा समेत अनुगमन गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुद्ध जयन्तीमा प्रधानमन्त्री शाहको सन्देश- साँचो क्रान्ति ‘क’ बाट होइन, ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुन्छ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्तिका अग्रदूत  बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरे...

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तु। कपिलवस्तु सदरमुकाम तौलिहवा तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र गु...

टेकु क्षेत्रमा चल्यो डोजर

काठमाडौँ। शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीमा डोजर चलाएको छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस...

थातथलो सर्दै सौका समुदाय भारतीय अनुमतिको पर्खाइ

दार्चुला। नेपालको दार्चुलामा मात्रै बसोबास रहेको सौका समुदायका मानिस आफ्नो थातथलो सर्ने तयारीमा छन् । पुखौँदेखि चीन र भारतसँग सीमानाका जोडिएको व्यास ग...

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending