Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

कञ्चनपुरका किसानलाई उखु काट्न भ्याइनभ्याइ

खबरडबली संवाददाता

कञ्चनपुर । जिल्लामा चिनी तथा गुण उद्योगले उखु क्रसिङ सुरु गरेसँगै कञ्चनपुरका किसान यतिवेला खेतबारीमा व्यस्त देखिएका छन् । बेलौरी–१० शिवनगर, पुनर्वास नगरपालिका–२ दशरथ बस्ती तथा बेलडाँडीका गुण उद्योगहरूले उखु क्रसिङ थालेपछि दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीका किसान उखु काट्न सक्रिय भएका हुन् ।

नगदे बालीका रूपमा रहेको उखु बिक्रीका लागि किसान बिहानदेखि साँझसम्म खेतमै समय बिताइरहेका छन् । सरकारले चालू आर्थिक वर्ष ०८२/८३ देखि उखुको मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँले बढाएर ६२० रुपैयाँ कायम गर्नुका साथै ७० रुपैयाँ अनुदान दिने निर्णय गरेपछि किसान उत्साहित भएका छन् ।

उखु उत्पादक किसान हकहित तथा संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले अपेक्षाअनुसार मूल्य नबढे पनि अघिल्लो वर्षभन्दा सुधार भएकाले किसान खुसी भएको बताए । उनले अनुदान भुक्तानीमा ढिलासुस्ती नगर्न सरकारसँग माग गरे ।

जिल्लाको दक्षिणी क्षेत्रमा चिनी उद्योग स्थापना भएपछि उखुखेती किसानका लागि घरदैलोमै रोजगारी र आम्दानीको मुख्य स्रोत बनेको छ । १५ वर्षअघि बेलौरी र १० वर्षअघि पुनर्वासमा चिनी उद्योग सञ्चालनमा आएपछि उखुखेती विस्तार भएको छ । पहिले किसान भारतमा सस्तोमा उखु बेच्न बाध्य भए पनि अहिले स्वदेशमै बिक्री सहज भएको छ ।

बेलडाँडी–४ का युवा किसान दिलप्रसाद शर्माले उखुखेतीलाई स्वरोजगारको माध्यम बनाएको बताए । उनले आठ बिघा कञ्चनपुर र छ बिघा बर्दियामा उखुखेती गर्दै वार्षिक करिब एक करोडको कारोबार गर्दै आएको बताए ।

त्यस्तै, पुनर्वास नगरपालिका–९ का उखु किसान नारायणप्रसाद जैसीले उखु नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने बताए । बेलौरी–१० का किसान चक्रहादुर कडायतले ३२ बिघामा उखुखेती गर्दै वार्षिक ५०–६० लाखको उखु बिक्री गर्दै आएको जानकारी दिए ।

किसानहरूले मल, बिउ, औषधि र सरकारी अनुदान प्रक्रियामा झन्झट भएको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका दुवै चिनी उद्योगले दैनिक २५ हजार क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्दै आएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending