काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
शुक्रबार घाइते पत्रकारलाई नगदसहित सम्मान गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गरेको हो।
जेनजी प्रदर्शनको क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर चार जना पत्रकार घाइते भएका छन् । आन्दोलनको क्रममा घाइते भएका कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसडटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाललाई शुक्रबार मन्त्रालयमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री खरेलले घाइते पत्रकारहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह समेत गरे।
उनले भने, ‘राज्यले तपाईंहरुको उपचार खर्च व्यहोर्नुपर्छ, व्यहोर्छ । मैले त्यतिबेला पनि भनेको थिएँ । आज पनि भन्छु । यत्रो दुनियाँको खर्च व्यहोरिरहेको सरकारले तपाईंको किन नव्यहोर्ने ? तर यसमा मिसइन्फरमेसन चाहिँ नहोस् । सरकारले वास्ता गरेन हैन, गर्छ । तर सम्पर्क त हुनुपर्यो ।’
मन्त्री खरेलले घाइते पत्रकारले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १२:४१
पेरिस। मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छ...
चैत्र १२ गते, २०८२ - १२:३५
काठमाडौँ । तारकेश्वरस्थित शेषमती कोरिडोर क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचना हटाइएको छ। खोला अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउन य...
चैत्र १२ गते, २०८२ - १२:२९
काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तयार पारिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेको छ। बारले आय...
चैत्र १२ गते, २०८२ - १२:११
महोत्तरी। लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन, खेतीपातीको शैलीसमेत परिवर्तन गर्न थालेको छ। पछिल्लो पटक पेट्रोल...
चैत्र १२ गते, २०८२ - १२:००
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोग निष्पक्ष नभएको आरोप लगाएका छन्। आयोगको प्रतिवेद...
चैत्र १२ गते, २०८२ - ११:२८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा रु दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि रु १०० ले घटेको छ । न...
चैत्र १२ गते, २०८२ - ११:१८
काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एउटै व्यक्तिमाथि पुरस्कार र कारबाही दुवै सिफारि...
चैत्र १२ गते, २०८२ - ११:०२
बाजुरा। विगत नौ महिनादेखि अन्धकारमा रहेका हिमाली गाउँपालिकाका दुर्गम बस्तीहरूमा पुन: बत्ती बलेपछि स्थानीयवासी खुसी भएका छन्। गत साउन २८ गते राति विच्छ...
चैत्र १२ गते, २०८२ - १०:४६
तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा) मा कालोपत्रको काम अन्तिम चरणमा पुगेसँगै यात्रुहरूको यात्रा ...
चैत्र १२ गते, २०८२ - १०:४०
हुम्ला। हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ। सातवटै गाउँपालिका केन्द्रमा पहिले पाउने ग्यास हाल उपलब्ध नहुँदा स्थानीयवासीलाई समस्...


प्रतिकृया लेख्नुहोस्: