Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

खबरडबली संवाददाता

सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन समस्या भएको छ ।

पर्याप्त बजेट स्रोतको अभावका साथै भएको सीमित बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा क्षति भएका भवन संरचनालाई मर्मत सम्भार गरेर पुरानै अवस्थामा फर्काउन समस्या भएको हो ।

कम क्षति पुगेका भवनका कोठाको मर्मत र रङ्गरोगनको काम गरेर मन्त्रालय तथा अन्य कार्यालयले नियमित काम भने पहिले नै सुरु गरिसकेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नवराज ओझाले प्रचलित नियम र प्रक्रियाभित्र रहेर मर्मतसम्भारको काम गर्नुपर्ने र बजेट पनि पर्याप्त नभएकोले क्षति पुगेका संरचनाको मर्मत सम्भार गर्न सकस भइरहेको बताए ।

“बस्न मिल्ने कोठाको सरसफाई र समान्य मर्मत गरेर जसोतसो काम चलाइरहेका छौँ” उनले भने, “चालु वर्षको बजेटमा मर्मत सम्भार शीर्षकमा छुट्याइएको बजेट निकै कम छ, तर आन्दोलनमा पुगेको क्षतिको मूल्याङ्कन निकै बढी भएकोले पर्याप्त बजेट अभावमा समयमै मर्मत गर्न ढिलाइ भएको छ ।”

भवन संरचनाको मर्मत सम्भारका लागि प्रदेशका मन्त्रालय तथा कार्यालयले चालु वर्षको बजेट रकमलाई रकमान्तर गर्नका लागि आर्थिक मामिला मन्त्रालयमा पत्राचार गरेको बताइएको छ । जेनजी घटनापछिको परिस्थितिमा खर्च कटौती गरेर मितव्ययी ढङ्गले जानुपर्ने परिपत्र नेपाल सरकारले प्रदेश सरकारलाई गरेको थियो ।

घटना लगत्तै प्रदेश सरकारले पनि रु १० लाखभन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने, प्रदेश सरकार मातहतका निकायबाट सञ्चालन हुने कुनै पनि आयोजना उपभोक्त समितिमार्फत् कार्यान्वयन नगर्ने नगराउने, बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठितर्फ विनियोजित बजेटको ५० प्रतिशत कटौति गर्नेलगायतका निर्णय गरेको थियो ।

आगजनी र तोडफोडका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, मातहतका विभिन्न कार्यालय, प्रदेशसभा सचिवालयलगायतका भवनका धेरै कोठा बस्न नमिल्ने गरी क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको भवनमा क्षतिपुगेपछि लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । प्रदेशसभा सचिवालय, विधायन शाखाका प्रमुख भूरीप्रकाश जोशीले मर्मतका लागि पर्याप्त बजेट स्रोतको अभाव रहेको र भएको बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा मर्मत सम्भारमा ढिलाइ भइरहेको बताए ।

यद्यपि प्रदेशसभाको भवनलाई बस्न मिल्नेगरी मर्मत गरेर प्रदेशसभाको बैठक यही पुस महिनाभित्र सुचारु गर्न पहल भइरहेको छ ।आगजनी र तोडफोडबाट क्षति पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय अर्को भवनमा सारिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा क्षति पुगेका कोठाको मर्मत एवं रङ्गरोगन गरेर काम चलाइएको छ ।

सङ्घीय सरकार मातहतका जिल्ला प्रशासन कार्यालय, भन्सार, आन्तरिक राजश्व, लगायतका कार्यालयले क्षति पुगेका कोठाको समान्य मर्मत गरेर सेवा प्रवाह सुरु गरिसकेका थिए । ठूलो क्षति पुगेका भवन संरचनाको मर्मत सम्भारमा भने अझैँ हुन सकेको छैन ।

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडबाट कैलाली जिल्लामा सङ्घीय सरकार मातहतका २१ भवनमा क्षति पुगेको थियो । क्षतिपुगेर प्रयोग गर्न नमिल्ने अवस्थाका कतिपय भवनका कोठामा रातो स्टिकर टाँस गरिएको छ ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका वरिष्ठ इन्जिनीयर झङ्कर थापाले भने, “सङ्घीय सरकार मातहतका २१ भवनमा क्षति पुगेको छ, क्षति पुगेका कतिपय भवनका कोठा प्रयोग गर्न नमिल्ने देखिएकोले ‘आंशिक रेड स्टिकर’ टाँस गरेका छौँ ।”

जेनजी प्रदर्शनका क्रममा कैलाली जिल्लामा सरकारी कार्यालय, राजनैतिक दलका कार्यालय, निजी घरसमेत १३७ भवनमा आगजनी र तोडफोड भएको थियो । ६६४ सवारी साधन नष्ट भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE