Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

खबरडबली संवाददाता

धनुषा  । जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।

विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४ लाख तथा जनकनन्दिनी गाउँपालिका–१ स्थित शङ्कर माध्यमिक विद्यालयमा रु एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको परियोजना कार्यालयले जनाएको छ ।

दुवै विद्यालयका भवन अपाङ्गमैत्री दुई तल्लाको चार/चार वटा कोठासहित पाँच/पाँच वटा शौचालय तथा स्वच्छ खानेपानी ट्याङ्की र धारासहित निर्माण गरिएको प्लान नेपालका पूर्वाञ्चल क्षेत्रीय प्रमुख रविशङ्कर पण्डितले जानकारी दिए । ती विद्यालयका भवन जीर्ण हुनुका साथै बालबालिकाको पठनपाठनमा समस्या भएकाले सुविधासम्पन्न भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

नवनिर्मित विद्यालय भवनको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको नेतृत्व, उपप्रमुख सङ्गीता ठाकुरको सहभागितासहित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको टोलीले निरीक्षण गरेको छ । निरीक्षणपश्चात् प्लान इन्टरनेसनलको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको थियो ।

बैठकमा प्लानका पूर्वाञ्चल क्षेत्रीय प्रमुख पण्डित र आसमान नेपालका सञ्जय पासवानले यी दुई संस्थाले बालबालिका तथा लैङ्गिक समानता र भौतिक पूर्वाधारसम्बन्धी गरेको कार्य तथा प्रगति, त्यसको उपलब्धिबारे जानकारी दिएका थिए ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपाल सरकारको उद्देश्य तथा लक्ष्यलाई पूरा गर्न गैरसरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग गरिरहेका उल्लेख गर्दै यस्ता गैरसरकारी संस्थाहरूले थप प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख मण्डलले गैरसरकारी संस्थाहरूले पालिकासँगको समन्वयमा शिक्षा, स्वास्थ्य, सरसफाइ तथा चेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे । प्लान इन्टरनेसनल नेपालले सन् १९७८ देखि नेपालमा सामाजिक तथा सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ । हाल आफ्ना साझेदार संस्थामार्फत मधेस प्रदेशको चार जिल्लासहित १३ जिल्लामा कार्य गर्दै आएको छ ।

सो संस्थाले धनुषाको विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिका, सहिद नगरपालिका, कमला नगरपालिका र सवैला नगरपालिकामा लैङ्गिक समानता तथा भौतिक पूर्वाधार निर्माणसम्बन्धी विभिन्न कार्य गर्दै आएको छ ।

हाल नेपालमा सो संस्थाको लैङ्गिक समानतातर्फ प्रत्यक्ष रूपमा सात लाख र अप्रत्यक्ष रूपमा १५ लाख बालबालिका र किशोरकिशोरी एवं महिलालाई लाभान्वित गर्नेगरी योजनाबद्ध काम गरिरहेको क्षेत्रीय प्रमुख पण्डितले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending