Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

खबरडबली संवाददाता

धनुषा  । जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।

विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४ लाख तथा जनकनन्दिनी गाउँपालिका–१ स्थित शङ्कर माध्यमिक विद्यालयमा रु एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको परियोजना कार्यालयले जनाएको छ ।

दुवै विद्यालयका भवन अपाङ्गमैत्री दुई तल्लाको चार/चार वटा कोठासहित पाँच/पाँच वटा शौचालय तथा स्वच्छ खानेपानी ट्याङ्की र धारासहित निर्माण गरिएको प्लान नेपालका पूर्वाञ्चल क्षेत्रीय प्रमुख रविशङ्कर पण्डितले जानकारी दिए । ती विद्यालयका भवन जीर्ण हुनुका साथै बालबालिकाको पठनपाठनमा समस्या भएकाले सुविधासम्पन्न भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

नवनिर्मित विद्यालय भवनको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको नेतृत्व, उपप्रमुख सङ्गीता ठाकुरको सहभागितासहित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको टोलीले निरीक्षण गरेको छ । निरीक्षणपश्चात् प्लान इन्टरनेसनलको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको थियो ।

बैठकमा प्लानका पूर्वाञ्चल क्षेत्रीय प्रमुख पण्डित र आसमान नेपालका सञ्जय पासवानले यी दुई संस्थाले बालबालिका तथा लैङ्गिक समानता र भौतिक पूर्वाधारसम्बन्धी गरेको कार्य तथा प्रगति, त्यसको उपलब्धिबारे जानकारी दिएका थिए ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपाल सरकारको उद्देश्य तथा लक्ष्यलाई पूरा गर्न गैरसरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग गरिरहेका उल्लेख गर्दै यस्ता गैरसरकारी संस्थाहरूले थप प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख मण्डलले गैरसरकारी संस्थाहरूले पालिकासँगको समन्वयमा शिक्षा, स्वास्थ्य, सरसफाइ तथा चेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे । प्लान इन्टरनेसनल नेपालले सन् १९७८ देखि नेपालमा सामाजिक तथा सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ । हाल आफ्ना साझेदार संस्थामार्फत मधेस प्रदेशको चार जिल्लासहित १३ जिल्लामा कार्य गर्दै आएको छ ।

सो संस्थाले धनुषाको विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिका, सहिद नगरपालिका, कमला नगरपालिका र सवैला नगरपालिकामा लैङ्गिक समानता तथा भौतिक पूर्वाधार निर्माणसम्बन्धी विभिन्न कार्य गर्दै आएको छ ।

हाल नेपालमा सो संस्थाको लैङ्गिक समानतातर्फ प्रत्यक्ष रूपमा सात लाख र अप्रत्यक्ष रूपमा १५ लाख बालबालिका र किशोरकिशोरी एवं महिलालाई लाभान्वित गर्नेगरी योजनाबद्ध काम गरिरहेको क्षेत्रीय प्रमुख पण्डितले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending