झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।
सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो । आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु। चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए।
“चालु आवको पहिलो पाँच महिनामा रु। एक अर्ब ३६ करोड नौ लाख ७० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन भयो”, उनले भने।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट रु। ४२ करोड ८८ लाख ३८ हजार, मूल्य अभिवृद्धि करबापत रु। ४० करोड ५२ लाख ५८ हजार अन्त:शुल्कबापत रु। २६ करोड १० लाख ८४ हजार राजस्व सङ्कलन गरेको छ ।
गत आव २०८१।०८२ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब आठ करोड ८५ लाख २४ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए ।
कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिलका लागि निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गर्ने काम भइरहेको प्रमुख कर अधिकृत थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: