खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएको बताएका छन् ।
नेकपा खोटाङद्वारा मंगलबार दिक्तेल बजारमा आयोजित एकता सन्देश सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले अबको मुख्य कार्यभार समाजवादी क्रान्ति भएकाले त्यसलाई सफल बनाउन नेपालका वामपन्थी राजनीतिक शक्तिहरूबीच एकता गरिएको स्पष्ट पारे ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का १ नम्बर प्रदेश (कोशी) इन्चार्जसमेत रहेका नेता गजुरेलले जेन–जी आन्दोलनको उद्देश्य पनि यही रहेको उल्लेख गरे। ‘नेपाली जनताले परिवर्तन चाहेका छन् । त्यो पूरा गर्न सबै कम्युनिस्ट विचारधाराका राजनीतिक दलहरू एकजुट हुन आवश्यक छ,’ उनले भने, ‘जेन–जीको भावनाअनुरूप १९ वटा कम्युनिस्ट पार्टीहरूबीच एकता गरिएको हो । अब यो सन्देश जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता हो ।’
उनले पार्टी एकतापछि नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको भरोसा थप बलियो बन्दै गएको दाबीसमेत गरे । कार्यक्रममा नेता गजुरेलले वर्तमान राजनीतिक संकटबाट देशलाई निकास दिन निर्वाचनबाहेक अर्को विकल्प नरहेको बताए । ‘केही राजनीतिक दल प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आएका छन्। तर दुई–दुई पटक संसद् विघटन गर्ने एमाले स्वयं यही लाइनमा देखिनु विडम्बनापूर्ण छ,’ उनले भने, ‘यो समाधान होइन। यसले देशलाई झनै अनिर्णयको बन्दी बनाउँछ।’
जेन–जीको भावनाअनुसार नयाँ अनुहारहरू राज्यको मूल प्रवाहमा आउनुपर्नेमा पार्टी स्पष्ट रहेको बताउँदै उनले विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाए। साथै, आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले बहुमत हासिल गरी सरकार गठन गर्ने दाबी पनि गरे।
कार्यक्रममा नेकपाका नेता तथा कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, पूर्वमन्त्रीहरू रामकुमार राई ‘पासाङ’ र राजन राई, संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’, पूर्वसांसद कुलप्रसाद फुँयाल तथा केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरेन’लगायतले पनि मन्तव्य राखेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: