नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका लागि बन्द गरिएको छ।
अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो। असार १० गते बुधबारदेखि १२ गते शुक्रबारसम्म तीन दिन विद्यालय बन्द रहने शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीले बताए।
यसअघि पनि अत्यधिक गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिकाले जेठ २६ देखि २९ गतेसम्म चार दिन विद्यालयमा बिदा दिएको थियो। तर वर्षा नपरेपछि गर्मी अझै घट्न नसक्दा जनजीवन प्रभावित बनेको र पुन: बिदा दिनु परेको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत शाहीले बताए।
अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागलगायत सरोकारवालाको सुझावका आधारमा तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले बताए। उनका अनुसार नगरभित्रका धेरै अभिभावकले विद्यालय बिदा गर्न आग्रह गरेकाले पनि उक्त निर्णय गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १२:१८
काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...
आषाढ़ १० गते, २०८३ - १२:०१
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...
आषाढ़ १० गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...
आषाढ़ १० गते, २०८३ - १०:५७
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...
आषाढ़ १० गते, २०८३ - १०:४९
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...
आषाढ़ १० गते, २०८३ - १०:३६
नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...
आषाढ़ १० गते, २०८३ - १०:१५
काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...



प्रतिकृया लेख्नुहोस्: