Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

खबरडबली संवाददाता

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ ।

सहायता कटौति शरणार्थीहरूका लागि अनावश्यक अपमान भएको र यसका कारण उनीहरूको पीडामा तस्कर र राजनीतिज्ञहरूले खेलिरहेको सोमबार बताएका छन्।

निवर्तमान संयुक्त राष्ट्रसङ्घ शरणार्थी प्रमुख फिलिपो ग्रान्डीले भन्नुभयो, “यो वर्ष विश्वका जबरजस्ती विस्थापितहरूका लागि लगातार सङ्कटहरूको विशेष आँधी थियो । सन् २०२५ को मध्यमा ११ करोड ७० लाख ३० हजार मानिस कुनै न कुनै रूपमा सहायताको आवश्यकतामा रहेको अनुमान गरिएको थियो।

उनले सुडान, युक्रेन, गाजा र म्यान्मामा गरिएको ‘व्यापक अत्याचार’ को निन्दा गर्दै सहायताको ‘अचानक, कठोर, गैरजिम्मेवार र अदूरदर्शी कटौति’ प्रति विश्व समुदाय र सङ्घसंस्थाको ध्यानाकर्षण गराए । सहायतामा एक्कासी भएको कटौतिले शरणार्थी जीवन विताइरहेका मानिसहरूलाई अत्यधिक अनावश्यक पीडा दिएको पनि उहाँले दावी गरे ।

पछिल्लो दशकमा जबर्जस्ती विस्थापितहरूको सङ्ख्या झन्डै दोब्बर भएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि अन्तर्राष्ट्रिय सहायताका लागि गरिने रकममा कमी आएको छ । जेनेभामा द्विवार्षिक ‘विश्व शरणार्थी मञ्च प्रगति समीक्षा’ कार्यक्रमको उद्घाटन गर्दै ग्रान्डीले घृणाले नश्लवादी विभाजन फैलाउने विश्वव्यापी सन्दर्भको निन्दा गरे ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) का प्रमुख ग्रान्डीले भने, “यो वर्ष शरणार्थीहरूलाई बारम्बार गाली गरियो, धेरै ठाउँहरूमा बलिको बोको बनाइयो, उनीहरूको पीडालाई तस्करहरूले नाफाका लागि प्रयोग गरे र राजनीतिज्ञहरूले उनीहरूको अवस्थालाई भोट प्राप्त गर्न प्रयोग गरे।”

जेनेभामा तीन दिने भेलामा एक हजार ८०० भन्दा बढी सहभागीहरू भेला भएका छन् र यसले विश्वभरका लाखौँ विस्थापित व्यक्तिहरूको लागि समाधान खोज्ने प्रयास गर्नेछ।

जेनेभास्थित यूएनएचसीआर अन्य धेरै संयुक्त राष्ट्रसङ्घीय निकायहरू जस्तै अन्तर्राष्ट्रिय सहायता कटौतीको कारण काम गर्न कठिनाई भोगिरहेको छ । यसले यस वर्ष करीव पाँच हजार रोजगारी गुमाएको छ, जुन यसको कार्यबलको एक चौथाइभन्दा बढी हो।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा परम्परागत रूपमा विश्वको शीर्ष दाता संयुक्त राज्य अमेरिकाले ठूलो मात्रामा विदेशी सहायतामा कटौती गरेको छ। विश्व बढ्दो विस्थापनको समस्यासँग जुधिरहेको छ।

यूएनएचसीआरको आर्थिक सहयोग यस वर्ष ३५ प्रतिशतले कटौती गरिएको छ ।यसअघि वासिङ्टनले युएनएचसिआरको बजेटको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो । अन्य प्रमुख दातृ राष्ट्रले पनि आफ्नो बजेटमा कडाइ गरिरहेका छन् ।

युएनएचसीआरको १० वर्षको नेतृत्वपछि ग्रान्डीले डिसेम्बरको अन्त्यमा पद छोड्दै छन् ।सन् २०१८ देखि २०२२ सम्म इराकका राष्ट्रपति रहेका ६५ वर्षीय बरहम सलेह शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको उच्चायुक्तका रूपमा नियुक्त हुने भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending