बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १० सडको काम गर्न थालिएको हो ।
सडक डिभिजन कार्यालय बागलुङमार्फत बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको अदालत चौपारी–सिगाना र क्षेत्र नम्बर २ को हरिचौर–पाण्डवखानी सडक कालोपत्र गरिनेछ ।
अन्य आठ वडा सहायक सडकको स्तरोन्नति गर्ने तयारी गरेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । दुई निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि रु ६ लाख विनियोजन भएको उनको भनाइ छ ।
सात किलोमिटर रहेको अदालत चौपारी–सिगाना सडक कालोपत्र भइसकेको भन्दै भुक्तानी गर्न बाँकी रहेको प्रमुख सुवेदीले बताए । हरिचौर–पाण्डखानी सडकको भने आठ किलोमिटर ढलान र कालोपत्र गर्न ठेक्का सम्झौता भइसकेको उनले बताए । उनका अनुसार निसीखोला र ढोरपाटन नगरपालिका जोडेको पाखुते–झिम्पा रु एक करोड ५८ लाखमा स्तारोन्नति गर्नका लागि ठेक्का प्रक्रियामा गरेको छ ।
काठेखोला गाउँपालिकामा पर्ने अक्षेते–मूल्यना सडक रु दुई करोड ११ लाखमा स्तरोन्नति हुँदै छ । बडिगाड गाउँपालिकाको रणसिंहकिटेनी–रमुवा सडक रु एक करोड ३२ लाख बजेटमा स्तरोन्नति गरिने प्रमुख सुवेदीले बताए ।
जैमिनी नगरपालिका स्थित दरौदी–सुन्तलाचौरका रु दुई करोड ४३ लाख, बागलुङ नगरपालिकाको डाँडाथर–स्यालेपाखा सडक रु दुई करोड करोड १७ लाख, काठेखोला गाउँपालिकाको मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडक रु दुई करोड ४४ लाख र रातामाटा सडक रु दुई करोड २५ लाखमा स्तरोन्नति गर्न थालिएको उनले जानकारी दिए । यी सबै सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा गइसकेको भन्दै केही दिनमै काम सुरु हुने प्रमुख सुवेदीले बताए ।
“यस वर्ष विनियोजन भएर आएको रकम पनि केही कटौती भएका छ, योजनाहरू घटेका छैनन्, पर्याप्त बजेट नभए पनि काम अगाडि बढ्छन्, सबै सडकको ठेक्का सम्झौता भएर अगाडि बढ्ने प्रक्रियामा छन्,” उनले भने, “आगामी असार मसान्तसम्म सम्झौता भएका सडकको काम सम्पन्न हुनेछ, चिसो बढेको हुँदा कालोपत्र गर्नेबाहेक स्तरोन्नतिको काम हुने छ ।”
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडकको ट्राक खुलेको वर्षौँ भइसक्दाप नि स्तरोन्नति नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको बताए । गाउँपालिकाको सीमित स्रोत सडक स्तरोन्नति गर्न नसकिएको भन्दै सङ्घीय सरकारको बजेटले यस वर्ष काम हुन थालेको उनले सुनाए ।
अध्यक्ष थापाले भने, “त्यो सडक निकै जोखिम छ, सडकको बीचमा ठूलो भिर छ, यात्रा निकै जोखिमपूर्ण हुँदै आएको छ, धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो, यसवर्ष सङ्घीय सरकारबाट बजेट परेको हुँदा अप्ठ्यारो ठाउँमा सडकलाई सहज बनाइने छ, यही सडक हुँदै पर्यटकीय क्षेत्र बेलढुङ्गा जोडिने हुँदा स्तरोन्नति पछि पर्यटकलाई पनि समस्या हुने छैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: