Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै

खबरडबली संवाददाता

शेन्जेन । चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पु¥याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् ।

कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो पहिलो पटक हो कि यी दुई प्रतियोगिता गुआङ्ग्डोङ–हङकङ–माकाओ ग्रेटर बे क्षेत्रका तीनै क्षेत्रमा संयुक्त रूपमा आयोजना भएका हुन् ।

आयोजक समितिका अनुसार, प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण विशेषता प्रविधिको व्यापक प्रयोग हो । विभिन्न स्थलहरूमा इन्टरनेट अफ थिङ्स, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी पहुँचयोग्य र सहयोगी वातावरण निर्माण गरिएको छ ।

बेइजिङका स्वयंसेवक गोङ्ग वेईले एक वर्षदेखि दूरसञ्चार मार्फत साङ्केतिक भाषामा अनुवाद प्रदान गर्दै आएका छन् । प्रतियोगिता सुरु भएयता यस सेवामा माग उल्लेखनीय रूपमा बढेको छ । वीच्याटमार्फत प्रयोगकर्ताहरू केही सेकेन्डमै स्वयंसेवकसँग भिडियो कल गर्न सक्छन्, जसले भौगोलिक दूरी मात्र होइन, मनोवैज्ञानिक दूरी पनि घटाउने काम गर्छ ।

कार्यक्रमका विकासकर्ता शि चेङ्गचुआन, जो आफैं सुनाइमा अपाङ्गता भएका व्यक्ति हुन्, ले साङ्केतिक भाषा अनुवाद सफ्टवेयर र उपकरणहरू विकास गरेका छन्, जुन सरकारी कार्यालय, अस्पताल र विद्यालयहरूमा पनि प्रयोग भइरहेका छन् ।

गुआङ्ग्जौका खेलकुद अधिकारी झेङ चिहाओका अनुसार, विभिन्न स्थलहरूमा स्मार्ट र बाधारहित मोड्युलहरू जडान गरिएको छ । यसमा आपतकालीन सहायता बटन, पहुँचयोग्य प्रश्न प्लेटफर्म, स्मार्ट सेवा स्तम्भ र अनलाइन साङ्केतिक भाषा अनुवाद यन्त्रहरू समावेश छन्, जसले स्थलको केन्द्रीय नियन्त्रण प्रणालीसँग जडान भएर प्रयोगकर्ताको सुरक्षा र सुविधा सुनिश्चित गरेको छ ।

मुख्य मिडिया सेन्टरमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा एआई–समर्थित पहुँचयोग्य प्रणाली, रोबोट र उन्नत व्हीलचेयरहरू प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूको ठूलो चासो आकर्षित गरेको थियो । निर्माता ल्यु यी’आनका अनुसार, यी उपकरणहरूले उन्नत सन्तुलन नियन्त्रण एल्गोरिदम र भरपर्दो यान्त्रिक संरचनाका माध्यमबाट विभिन्न सतहमा स्थिरता र सुरक्षा सुनिश्चित गर्छन् ।

नयाँ परिचय गराइएको इलेक्ट्रोनिक डार्टबोर्डले व्हीलचेयर प्रयोगकर्ताहरूको सुविधा सुनिश्चित गर्न स्वतः उचाइ समायोजनको सुविधा दिएको छ । सानक्सी प्रान्तको अपाङ्गता डार्ट टोलीका प्रशिक्षक लुओ बाओगाङले भने, “डार्टबोर्डको स्वतः उचाइ समायोजनले यसलाई पारम्परिक मोडेलभन्दा धेरै सुरक्षित र भरपर्दो बनाएको छ, जसले खेलाडीहरूलाई बढी सहजता प्रदान गर्छ ।”

प्रतिस्पर्धा स्थल बाहेक, गाइड डग रोबोटहरूले दृष्टिहीन खेलाडीहरूलाई सहयोग गर्दै छन् भने डिजिटल ट्विन प्रविधिले स्थल सञ्चालनको वास्तविक समय निगरानी सम्भव बनाएको छ । यी आधुनिक उपकरणहरूले प्रयोगशालाबाट वास्तविक संसारमा प्रविधि लागू गर्ने अवसर पाएका छन् ।

आयोजन समितिका उपमहासचिव चेन् स्युजुनले अनुसार यी खेलकुदहरूले अपाङ्गता सेवाहरूलाई सामाजिक विकाससँग सम्पूर्ण रूपमा एकीकृत गर्ने अवसर प्रदान गरेका छन् । उनका अनुसार,“हामी उच्च गुणस्तर र दीगो प्रगतिका लागि निरन्तर प्रयासरत छौं, ताकि अपाङ्गता भएका व्यक्तिहरूले उज्जवल भविष्यको आशा गर्न सकून् ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...

महोत्तरीमा किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँ...

श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु

काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending