Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

खबरडबली संवाददाता

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै आएकाले सप्तरीका किसानहरू मारमा परेका हुन् ।

नेपाल सरकारले मोटो धानको खरिद मूल्य तीन हजार चार सय  र पातलो धानको खरिद मूल्य तीन हजार ६ सय रूपियाँ प्रति क्विन्टल निर्धारण गरेपनि व्यापारीहरूले किसानहरूसँग सस्तोमा किनेर महँगोमा बेच्न थालेपछि किसानहरू मारमा परेको राजविराज नगरपालिका १ की नविता चौधरीले बताए।

उनले भने, ‘‘किसानले लाखौं लगानी गरेर खेती गरेका छन् । धान भित्र्याएपछि खेती गर्ने बेलामा भएको खर्च सल्टाउनु पर्ने हुन्छ । किसान धान बेच्न व्यापारी कहाँ जादा सकेसम्म कम मूल्यमा धान किन्ने प्रवृत्तिका कारण जिल्लाका किसानहरू मारमा परेका छन् ।’’

यसपालि खडेरी र बेमौसमी धान उत्पादन गर्न बाध्य भएका किसानहरूले धान खेती गर्न गत वर्षहरूको तुल्नामा बढी खर्च र परिश्रम गरेपनि सस्तोमा धान बिक्री गर्न बाध्य हुनुपर्दा किसानहरू मारमा परेको राजविराज नगरपालिका १ का सोमन यादवले बताए।

उनले भने, ‘‘समयमा बर्खा र सिँचाइ नहुँदा पानीको समस्याका कारण भदौ महिनामा धान रोप्न बाँध्य भयौ । महिनाको दुई पटक प्रतिकठ्ठा तीन सय रूपियाँको दरले दुई विघा पटाउनु पर्ने बाध्यता थियोे ।’’

धान उत्पादन गर्न खर्च बढी भए पनि धानको मूल्यभन्दा दुई हजार पाँच सयदेखि दुई हजार ७ सय रूपियाँ प्रति क्विन्टल धान बिक्री गर्न किसान बाध्य भएको उनले बताए।

सरकारले किसानको परिश्रमलाई मूल्याङ्कन नगरेको र किसानको समस्या प्रति चाँसो नदेखाएकै कारण किसानलाई एकपछि अर्को समस्या थपिदै आएको गुनासो उहाँको छ ।

धान खरिदबिक्री गर्ने व्यापारीले सरकारले निर्धारण गरेको धानको मूल्य अनुसार मोटो र पातलो धानको चामलको मूल्य निर्धारण नगर्दा चामल बिक्रीको मूल्य अनुसार धान खरिद गर्दै आएको धान व्यापारी रामप्रसाद यादवले बताए।

नेपाल सरकारले न्यूनतम समर्थन मूल्य ९मिनिमम स्पोर्ट प्राइस० लागतको आधारमा प्रत्येक वर्ष तोक्दै आए अनुसार यस वर्ष पनि मोटो धानको मूल्य प्रति क्विन्टल तीन हजार चार सय र पातलो धानको मूल्य तीन हजार छ सय निर्धारण गरेपनि अहिले जिल्लाका किसानले मोटो धान प्रति क्विन्टल दुई हजार पाँच सय र मसिनो धान प्रति क्विन्टल दुई हजार सात सयमा बिक्री हुँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुन देव राउतले बताए।

सरकारले धानको मूल्य निर्धारण गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान किन्ने जिम्मा दिएपनि कम्पनीले लक्ष्य अनुसार सिमित मात्र धान किन्नाले किसानहरू मारमा पर्न बाध्य भएको उनले बताए।

जिल्लामा राइसमिलहरू सञ्चालनमा रहेको बेला जिल्लाका किसानले धानको मूल्य पाउँदै आएका थिए । तर माओवादी द्वन्द्व कालमा जिल्लाको एक दर्जनभन्दा बढी राइस मिलहरू बन्द भएपछि स–साना व्यापारीलाई किसानले सस्तोमा धान बेच्न बाध्य हुनुपरेको प्रमुख राउतले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन चर्कियो

नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७२६ अंकमा पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending