जेरुसलेम । इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ।
गाजा शहरको दक्षिणपश्चिममा रहेको तेल अल–हवा जिल्लामा इजरायलले गरेको आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको नागरिक सुरक्षा निकाय र प्यालेस्टिनी क्षेत्रका स्वास्थ्य स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।
सेनाले उक्त क्षेत्रमा एउटा मात्र आक्रमण भएको र त्यसमा हमासका उच्च नेता राद साद मारिएको जनाएको एएफपीसँग बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायली काट्जले एक संयुक्त वक्तव्यमा भनेका छन्, “गाजा पट्टीको ‘एलो जोन’मा हमासले विस्फोटक पदार्थ विस्फोट गरी आक्रमण गर्दा इजरायली भएको छ । आक्रमणपछिको प्रतिकारमा ‘आतङ्कवादी समूह’ हमासका नेता राद सादको मृत्यु भएको छ।”
गाजामा इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविराम अन्तर्गत इजरायली सेना तथाकथित ‘एलो लाइन’ पछाडिको स्थानमा फर्किएको छ, यद्यपि उनीहरूले अझै पनि आधाभन्दा बढी भूभाग नियन्त्रणमा राखेका छन् ।
नेतन्याहू र काट्जले सादलाई सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणको ‘योजनाकाहरू मध्ये एक’ को रूपमा वर्णन गरेको छ । इजरायली सेनाका अनुसार साद हमासको सैन्य शाखाको हतियार उत्पादन मुख्यालयका प्रमुख थिए जसले समूहको ‘सैन्य बल निर्माण’ को नेतृत्व गरेका थिए।
पारिवारिक स्रोतले उनको निधनको पुष्टि गर्दै आइतबार अन्त्येष्टि गरिने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: