काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे हुने फाइनलसँगै यसपटक नयाँ च्याम्पियन बन्ने निश्चित भएको छ । गत वर्षका विजेता जनकपुर बोल्ट्स यसअघि नै बाहिरिएपछि सुदूरपश्चिम र लुम्बिनी दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् ।
रोयल्सलाई राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले र लायन्सलाई कप्तान रोहित पौडेलले नेतृत्व गरिरहेका छन् । लिग चरणमा सातमध्ये चार खेल जितेर शीर्ष स्थान हात पारेको रोयल्सले पहिलो क्वालिफायर जित्दै सजिलै फाइनल यात्रा तय गरेको हो । गत वर्ष उपविजेतामा सीमित भएको रोयल्स यसपटक उपाधि उठाउने दाहोरामा छ ।
लायन्सले पनि सातमध्ये चार खेल जित्दै एलिमिनेटर र दोस्रो क्वालिफायर पारेर फाइनलमा स्थान बनाएको हो । गत संस्करण लिग चरणमै बाहिरिएको लुम्बिनीले यसपटक उत्कृष्ट पुनरागमनसहित उपाधि दाबी गर्दै मैदानमा उत्रने तयारी गरेको छ । जारी सिजनमा यी दुवै टोली एकपटक मात्रै भिडेका थिए, जसमा रोयल्स सात विकेटले विजयी भएको थियो । गत संस्करणमा पनि रोयल्सले लायन्सलाई ४५ रनले पराजित गरेको थियो । तेस्रो भेट दुवैका लागि निर्णायक र ऐतिहासिक बन्नेछ ।
रोयल्सका कप्तान ऐरीले टोली पूर्ण रूपमा तयार रहेको बताउँदै भने, “गत वर्ष फाइनलमा चुकेका हौँ । कमीकमजोरी सुधारेर यसपटक उपाधि जित्ने लक्ष्य छ ।” लायन्सका कप्तान पौडेलले भने, “हामी पाँच खेल लगातार जितेर फाइनलमा आएका हौँ । अब हाम्रो ध्यान ट्रफीमा छ,” प्रतिक्रिया दिए ।
सुदूरपश्चिमका अभिनाश बोहरा जारी सिजनमा १६ विकेटसहित दोस्रो उत्कृष्ट बलरका रूपमा उँभिएका छन् । ‘डेथ ओभर स्पेसलिस्ट’ मानिने बोहरासँगै विदेशी अलराउन्डर हर्मित सिंहले १२ विकेट र १२३ रनसहित लयमा खेलेका छन् । ओपनर विनोद भण्डारी २६४ रन बनाउँदै उत्कृष्ट ब्याटिङ फर्ममा छन् । कप्तान ऐरीले १४९ रन र आठ विकेटको योगदान दिएका छन् भने कुग्गेलेइजनले १० विकेट लिएका छन् ।
लायन्सबाट कप्तान पौडेल २६० रनका साथ उत्कृष्ट फर्ममा छन् । विदेशी खेलाडी डार्सी सर्टले २४२ रन जोड्दै निरन्तरता दिएका छन् । युवा बलर शेर मल्ल नौ खेलमा १४ विकेटसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने रुबेल ट्रम्पेलम्यानले १२ विकेट र ६५ रनको योगदान दिएका छन् ।
क्यानको आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । विजेताले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: