Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

खबरडबली संवाददाता

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे हुने फाइनलसँगै यसपटक नयाँ च्याम्पियन बन्ने निश्चित भएको छ । गत वर्षका विजेता जनकपुर बोल्ट्स यसअघि नै बाहिरिएपछि सुदूरपश्चिम र लुम्बिनी दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् ।

रोयल्सलाई राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले र लायन्सलाई कप्तान रोहित पौडेलले नेतृत्व गरिरहेका छन् । लिग चरणमा सातमध्ये चार खेल जितेर शीर्ष स्थान हात पारेको रोयल्सले पहिलो क्वालिफायर जित्दै सजिलै फाइनल यात्रा तय गरेको हो । गत वर्ष उपविजेतामा सीमित भएको रोयल्स यसपटक उपाधि उठाउने दाहोरामा छ ।

लायन्सले पनि सातमध्ये चार खेल जित्दै एलिमिनेटर र दोस्रो क्वालिफायर पारेर फाइनलमा स्थान बनाएको हो । गत संस्करण लिग चरणमै बाहिरिएको लुम्बिनीले यसपटक उत्कृष्ट पुनरागमनसहित उपाधि दाबी गर्दै मैदानमा उत्रने तयारी गरेको छ । जारी सिजनमा यी दुवै टोली एकपटक मात्रै भिडेका थिए, जसमा रोयल्स सात विकेटले विजयी भएको थियो । गत संस्करणमा पनि रोयल्सले लायन्सलाई ४५ रनले पराजित गरेको थियो । तेस्रो भेट दुवैका लागि निर्णायक र ऐतिहासिक बन्नेछ ।

रोयल्सका कप्तान ऐरीले टोली पूर्ण रूपमा तयार रहेको बताउँदै भने, “गत वर्ष फाइनलमा चुकेका हौँ । कमीकमजोरी सुधारेर यसपटक उपाधि जित्ने लक्ष्य छ ।” लायन्सका कप्तान पौडेलले भने, “हामी पाँच खेल लगातार जितेर फाइनलमा आएका हौँ । अब हाम्रो ध्यान ट्रफीमा छ,” प्रतिक्रिया दिए ।

सुदूरपश्चिमका अभिनाश बोहरा जारी सिजनमा १६ विकेटसहित दोस्रो उत्कृष्ट बलरका रूपमा उँभिएका छन् । ‘डेथ ओभर स्पेसलिस्ट’ मानिने बोहरासँगै विदेशी अलराउन्डर हर्मित सिंहले १२ विकेट र १२३ रनसहित लयमा खेलेका छन् । ओपनर विनोद भण्डारी २६४ रन बनाउँदै उत्कृष्ट ब्याटिङ फर्ममा छन् । कप्तान ऐरीले १४९ रन र आठ विकेटको योगदान दिएका छन् भने कुग्गेलेइजनले १० विकेट लिएका छन् । 

लायन्सबाट कप्तान पौडेल २६० रनका साथ उत्कृष्ट फर्ममा छन् । विदेशी खेलाडी डार्सी सर्टले २४२ रन जोड्दै निरन्तरता दिएका छन् । युवा बलर शेर मल्ल नौ खेलमा १४ विकेटसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने रुबेल ट्रम्पेलम्यानले १२ विकेट र ६५ रनको योगदान दिएका छन् ।

क्यानको आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । विजेताले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE