Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

देशमा समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता: गजुरेल

खबरडबली संवाददाता

ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । 

बिहीबार ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित जिल्लास्तरीय पार्टी एकता सभालाई सम्बोधन गर्दै नेता गजुरेलले सो कुरा बताए । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिसँगै सङ्कटमा परेको राष्ट्रलाई बचाउन साथै समाजवादी क्रान्तिलाई पुरा गर्ने मुख्य उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाएको नेता गजुरेलले बताए । 

समाजवादी मार्गलाई अवलम्बन गरी समाजवादी क्रान्तिलाई पुरा गर्ने सैद्धान्तिक सहमतिसहित तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका वामपन्थी दलले पार्टी एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाएको उनको भनाइ छ ।

विपक्षी दलहरुले चुनाव जित्ने उद्देश्यले पार्टी एकता गरेका भनेर भ्रम छर्ने र गलत प्रचार गर्ने गरिरहेको बताउँदै उनले नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्ने सम्भावना बढेकाले विपक्षीहरु अत्तालिएका बताए । पार्टी एकता निर्वाचन जित्नका लागि नभएको प्रस्ट पार्दै उनले समाजवादी क्रान्ति पुरा गर्न नेपाली कम्युनिस्ट पार्टी बनाएको र यो पार्टीमा ध्रुवीकृत हुन साथै एकठाउँमा आउन सबै वामपन्थीहरुलाई आह्वानसमेत गरे । 

नेपाली कम्युनिस्ट पार्टी बनाएर समयसापेक्ष पार्टी, नेतृत्व र नेताहरु सच्चिने प्रयत्न गरिरहेको पनि उनले बताए । नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिरहँदा केही सच्चिन र रुपान्तरण हुन नचाहाने नेताहरु एकतामा नआएका पनि नेता गजुरेलले बताए । उनले नेपाली कम्युनिस्ट पार्टी बनेसँगै वामपन्थीहरु ध्रवीकरण हुने क्रम जारी रहेकाले नेकपा पहिलो पार्टी बन्ने सम्भावना नजिक भएर गएको पनि दावी गरे । 

अहिलेको पार्टी एकता विगतकाभन्दा फरक खालको भएकाले नेकपातिर सबै वाम विचार भएकाहरु आकर्षित हुँदै उनले बताए । यस्तै नेपाली कम्युनिस्ट पार्टीका अर्का नेता, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि समाजवादको मार्गलाई अँलाग्ने सैद्धान्तिक सहमतिसहित पार्टी एकता गरिएको बताए । 

बृहत कम्युनिस्ट पार्टी निर्माण गर्नेगरी विभिन्न वाम दलले एकता गरेको बताउँदै राईले नेकपा अब देशको पहिलो पार्टी बन्ने सम्भावना बढेको बताए । उनले नेकपा एमालेभित्र पनि रुपान्तरण चाहानेहरुको ठुलो सङ्ख्या रहेकाले एमालेको अब हुने महाधिवेशनपछि कतिपय नेताहरु नेकपामा समाहित हुनेगरी छलफल भइरहेको बताए । केपी शर्मा ओलीको स्वेच्छाचारी र निषेधात्मक प्रवृतिका कारण एमालेभित्र समस्या विकराल बन्दै गएको बताउँदै उनले रुपान्तरण र परिवर्तन चाहाने नेताहरु विद्रोह गर्ने मनस्थितिमा रहेका र उनीहरु नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनसक्ने नेता राईको दावी छ ।

अर्को फरक प्रसंगमा नेता राईले वर्तमान कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने अडान पनि कायमै रहेको बताए । तत्कालीन एकीकृत समाजवादीले प्रदेश सभामा पहिचानको आधारमा नामाकरण गरिनुपर्छ भन्ने मुद्दा लिएर अघि बढेको र अब नेपाली कम्युनिस्ट पार्टी बनेपछि पनि पहिचानको मुद्दालाई लिएर अघि बढ्ने उनले बताए । उनले पहिचानको आधारमा प्रदेशको पुनःनामाङ्कन गर्नेगरी पहल गरिने बताए । 

नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले आयोजना गरेको जिल्लास्तरीय पार्टी एकता सन्देश सभामा तत्कालीन माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री, खेमबहादुर वनेम, असल पन्दाक लगायतले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्ने अधिकांस वक्ताले नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता र समयको माग भएको बताएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...

नवलपराँसीमा टिप्परको ठक्करबाट एकको मृत्यु, एकजना घाइते

नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...

राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल

बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...

अगामी पुस १ गतेदेखि बाघ गणना गरिने

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...

विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने

मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...

राष्ट्रपतिसमक्ष यी देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ

कैलाली ।  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...

देशमा समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता: गजुरेल

ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए ।  ब...

थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending