सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् ।
नेपाल प्रेस युनियन सर्लाहीले शनिबार बिहान सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेको हो । “यो पटक पार्टीका साथीले नयाँ नीति, नयाँ सन्देशसँगै नयाँ नेतृत्व छान्नुहुन्छ भन्नेमा म विश्वस्त छु,” थापाले भने, “१५ औँ महाधिवेशनमा म सभापतिको प्रत्यासी हो ।”
कांग्रेस महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशनमा जानुपर्ने स्थिति बनेको बताए। बिचको केही समय छलफल र बहसमा खेर फाले पनि अब छोटो समयमा पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा सरिक हुने निर्णय गरिएको कांग्रेस महामन्त्री थापाको भनाइ छ ।
पार्टीको महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढाइएको थापाले बताए । कांग्रेस महामन्त्री थापाले वर्तमान सरकारले फागुन २१ मा चुनाव गराउने विश्वास व्यक्त गरे।
चुनावले संविधानमाथिको क्षति थप बढ्न नदिने उनको भनाइ छ । “नेपाली कांग्रेसको तर्फबाट फागुन २१ को निर्वाचनप्रति हामी पूर्ण प्रतिबद्ध छौँ,” महामन्त्री थापाले भने, “दलहरू तयार भइसकेकाले सरकार पनि सम्पूर्ण संसय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ ।”
थापाले जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौति हुन सक्ने कुरा सरकारलाई अवगत गराइएको बताए। उनले सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्ने माग शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले राखेको सर्वदलिय बैठकमा राखिएको बताएको छन् ।
कांग्रेस महामन्त्री थापाले आफू यो पटक पनि काठमाडौँबाटै चुनाव लड्ने बताए। सर्लाहीको क्षेत्र नं। ४ बाट यसअघिको निर्वाचनमा समेत चुनाव लड्न प्रस्ताव आए पनि पार्टीभित्र प्राय: आफ्नै क्षेत्रबाट चुनाव लड्ने परिपाटी रहेकाले आफू अहिलेकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धी हुने कांग्रेस महामन्त्री थापाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १४:१९
मियामी। यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्ने छन् । अमेरिकी पक्षले दुवै पक्षको सहमति अनुसार वा...
मंसिर २१ गते, २०८२ - १३:२५
सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् । नेपाल प्रेस युनियन ...
मंसिर २१ गते, २०८२ - १३:१३
बागलुङ। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले ...
मंसिर २१ गते, २०८२ - १३:०४
काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...
मंसिर २१ गते, २०८२ - १२:५३
ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएको छन् । ललितपुर मह...
मंसिर २१ गते, २०८२ - १२:३५
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ । विद्यु...
मंसिर २१ गते, २०८२ - १०:५३
सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...
मंसिर २१ गते, २०८२ - ०९:५७
काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...




प्रतिकृया लेख्नुहोस्: