काठमाडौँ । उखु किसानले अनुदान र समर्थन मूल्य तोक्न सरकारलाई दवाब दिँदै आन्दोलन चर्काएपछि महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिल र सर्लाहीको इन्दुशङ्कर चिनी मिल सञ्चालनमा ढिलाइ भएको छ ।
किसान आन्दोलनका कारण यस वर्ष चिनी मिलहरू नियत समयभन्दा ढिलो चल्ने भएका छन् । गत वर्ष मंसिर २६ देखि फागुन २९ सम्म सञ्चालनमा रहेको एभरेस्ट मिलले ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष भने आन्दोलनका कारण पुसपछि मात्र क्रसिङ सुरु हुने सम्भावना मिलले जनाएको छ ।
एभरेस्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यस वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको छ । आंदोलनले वातावरण अन्योलपूर्ण भए पनि मिल सञ्चालनका तयारी तीव्र रूपमा भइरहेको उनले बताए ।
उखुको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गर्दा सर्लाहीका किसान निराश बनेका छन् । मूल्य निर्धारण नहुँदा किसानले उखु काट्न नसकेको र मिल सञ्चालन पनि प्रभावित भएको उद्योगीहरूको भनाइ छ ।
सर्लाहीस्थित इन्दुशङ्कर चिनी उद्योगले मिल सञ्चालनअघि डोङ्गा पूजा सके पनि मूल्य निर्धारण नहुँदा सञ्चालनबारे अन्योल कायम छ । उखु काट्न तयार किसान र उखु पेल्ने तयारीमा रहेका उद्योगी दुबै पक्ष समर्थन मूल्य घोषणाको प्रतीक्षामा छन् ।
बरहथवा नगरपालिका–३ का किसान नन्दु चौरसियाले मूल्य निर्धारण नभएकाले उखु काट्न नपाएको बताउँदै सरकारले मूल्य तोक्नासाथ काट्न थालिने जानकारी दिए ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष श्यामबाबु रायका अनुसार कृषिमन्त्री र कृषि सचिवलाई मंसिर २९ भित्र मूल्य तोक्न आग्रह गरिएको छ । गत वर्षको बाँकी ३५ रुपियाँ अनुदान भुक्तानी गर्ने र यस वर्ष मूल्य निर्धारणमा किसानको लागत समावेश गर्ने सरकारी आश्वासन भएको उनले बताए ।
इन्दुशङ्कर चिनी उद्योग हरिवनका उद्योगपति राजेश केडियाले कम र उच्च रिकभरी हुने उखुको अलग–अलग मूल्य तोक्न माग गर्दै सरकारले वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: