Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बजारमा उपभोक्तासँगै फलफूल पनि अभाव, बिचौलिया हाबी

खबरडबली संवाददाता

काठमाडौँ । नेपालको फलफूल बजार यतिखेर सुनसान प्रायः बनेको छ । उपभोक्ता र फलफूल दुवैको अभावका कारण व्यापारमा ठुलो गिरावट आएको व्यवसायीहरूले बताएका छन् ।

सुन्तलाको सिजन भए पनि बजारमा यसको उपलब्धता कम रहेको, स्याउ, केरा र बदामको कारोबार पनि घटेको उनीहरूको भनाइ छ । नेपालमा उत्पादन कम हुनु र आयातमा आएको अवरोधका कारण सबै फलफूलको मूल्यमा वृद्धि भएको छ । 

फलफूल व्यवसायी कमल पन्थका अनुसार यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको तुलनामा कम भएको छ । उनले किसानले उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था रहेको बताए । मल, औषधि र मजदुरीमा ठूलो खर्च गरे पनि किसानहरूले बिचौलियाका कारण उचित मूल्य पाउन नसकेको उनको गुनासो छ ।

बजारमा बिचौलियाको प्रभाव हाबी हुँदा किसान र थोक व्यवसायीबिच प्रत्यक्ष कारोबार हुन नसकेको र यसले दुवै पक्षलाई घाटा पुगेको पन्थले बताए। बिचौलियाहरूले फल फूल खेल्न नपाउँदै किसानसँग सम्झौता गरी अग्रिम भुक्तानी दिने गरेकाले व्यवसायीहरूले सिधै किसानबाट फलफूल किन्न नसकेको उनको भनाइ छ। उनले सरकारले बिचौलियालाई हटाएर किसान र व्यवसायीबिच सिधा सम्पर्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

नेपाल फलफूल थोक व्यवसायी संघका कोषाध्यक्ष पुरुषोत्तम घिमिरेका अनुसार जेनजी आन्दोलनपछि व्यापार घटेको छ । भारत र चीनबाट हुने आयात ठप्प हुँदा पनि व्यापारमा नकारात्मक प्रभाव परेको उनले बताए । घिमिरेका अनुसार तातोपानी नाका हुँदै नेपाल आउने कन्टेनरहरू रोकिएका छन् भने केरुङ नाकाको पुल बन्द भएको कारण सुचारु रूपमा आयात हुन सकेको छैन ।

कोलकाताबाट आउने सामानहरू पनि आइरहेका छैनन्, जसले गर्दा अघोषित नाकाबन्दीको जस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ। उनले बजारमा स्याउ र केरा जस्ता प्रमुख फलहरूको आपूर्ति नहुँदा अभाव सिर्जना भएको बताए । हाल केरा आयात बन्द हुँदा बजारमा केराको अभाव देखिएको छ। नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने भए पनि आगामी केही वर्षसम्म स्थानीय उत्पादनले मात्र माग धान्न नसक्ने उनको भनाइ छ । सरकारले सरोकारवालासँग छलफल गरेर मात्र फलफूलजन्य आयात रोक्ने वा नरोक्ने निर्णय गर्नुपर्नेमा उनले जोड दिए । 

व्यवसायी सुमन ढुंगानाले चिसो मौसम र ठुलो संख्यामा जनशक्ति बिदेसिएकाले फलफूलको खपत घटेको बताए । उनका अनुसार किसानले समयअगावै सुन्तला टिप्न थालेपछि सिजनमै अभाव भएको छ। तिहारपछि आउने सुन्तला दसैँमै टिपिँदा बजारमा कमी आएको र मूल्य पनि वृद्धि भएको उनले बताए । 

फलफूलको मात्र नभई बदामको व्यापारमा पनि गिरावट आएको छ । व्यवसायी हरिनारायण साहले गत वर्षको तुलनामा बदामको व्यापार ६० प्रतिशतले घटेको बताए । नेपालमा मान्छेको कमी र बाँदरको कारणले उत्पादन घटेको उनको भनाइ छ । उनले सरकारले रोजगारी सिर्जना गरी मान्छेलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्ने र आवश्यक खाद्यवस्तुको आयात सहज बनाउन आग्रह गरे । 

उपभोक्ता वीरेन्द्र घिमिरेले फलफूल महँगो भएको गुनासो गर्दै किसानले कम मूल्य पाउने तर उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था बिचौलियाका कारण सिर्जना भएको बताए । किसान र व्यापारी प्रत्यक्ष जोडिन सक्ने सरकारी संयन्त्रको अभावमा उपभोक्ता र किसान दुवै मारमा परेको उनको भनाइ छ । 

व्यवसायी मनु गुप्ताले चिसो बढेसँगै फलफूलको व्यापार घटेको र भारत–चीनबाट आयात कम भएपछि बजारमा फलफूलको व्यापक कमी देखिएको बताए। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending