लहान। लहान नगरपालिकाका मुसहर समुदायको मृत्यु भएपछि लहान नगरपालिकाले दाउरा, नगद र खाद्यान्न सहयोग गर्न थालेपछि मृत्यु भोजको लागि साहु महाजनसँग ऋिण लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
मुसहर समुदायको मृत्यु भएको खबर पाउना साथ मृत्यु भोज गर्न साहु महाजनसँग ऋण लिनु नपरोस् भनेर त्यसका लागि एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच किलो नून, पाँच लिटर तेल राहत लहान नगरपालिकाले दिन थालेपछि ठुलो राहत महसुस भइरहेको लहान–१ की सोनिया सदायले सुनाए।
मुसहर समुदायको मृत्यु भएपछि लास जलाउन दउरादेखि स्वजातीय भोज गर्नको लागि साहु महाजनसँग ऋण लिएर वर्षभरी कृषि मजदुरको रुपमा खेतमा काम गरेर तिर्नुपर्ने अवस्थाको लहान नगरपालिकाले मुक्त गरेपछि ठुलो राहत पाएको लहान–१३ का बौका सदायले बताए। स्थानीय सरकार दलित विपन्नका लागि अभिभाकत्वको भूमिकामा लहान नगरपालिकाले गरिरहेका कार्यबाट देखिएको दलित अभियानकर्मी बिनोद विसुन्केले बताए।
मुसहर समुदायसहित अन्य दलित विपन्न परिवारमा मृत्यु भएपछि साहु महाजनसँग ऋण लिन नपरोस् भन्ने उद्देश्यले यस वर्ष लहान नगरपालिकाले २५ लाख बजेट नै विनियोजन गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताए। उनले भने, ‘‘यस वर्षदेखि ५० वर्ष माथिका दलित विपन्नहरुलाई स्वास्थ्य बिमा अभियान यहि पुस महिनादेखि सुरु गर्न लागेका छौँ ।’’
लहान नगरपालिकामा २० हजार दलितहरुको जनसङ्ख्या रहेको लहान नगरपालिकामा सबैभन्दा आर्थिक सामाजिक शिक्षा र राजनीतिक रुपमा पछि परेका मुसहर समुदायको लागि आवास, शिक्षाका लागि नि:शुल्क ट्युसन कक्षा, शैक्षिक सामग्रीको व्यवस्थापनलगायका थप कार्यक्रमहरु ल्याएको नगरप्रमुख चौधरीले प्रष्टयाए। नगरप्रमुख चौधरीले थप्नुभयो, ‘‘मुसहर समुदायबाट सुरु गरिएको यो अभियान दुसाध समुदाय, चमार समुदाय, खत्वे मण्डल समुदाय र तत्मा समुदाय लगायत विपन्न गैरदलित समुदायमा समेत राहत दिइने सुरुवात यस वर्षदेखि थालिसकेका छौँ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: