लहान। लहान नगरपालिकाका मुसहर समुदायको मृत्यु भएपछि लहान नगरपालिकाले दाउरा, नगद र खाद्यान्न सहयोग गर्न थालेपछि मृत्यु भोजको लागि साहु महाजनसँग ऋिण लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
मुसहर समुदायको मृत्यु भएको खबर पाउना साथ मृत्यु भोज गर्न साहु महाजनसँग ऋण लिनु नपरोस् भनेर त्यसका लागि एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच किलो नून, पाँच लिटर तेल राहत लहान नगरपालिकाले दिन थालेपछि ठुलो राहत महसुस भइरहेको लहान–१ की सोनिया सदायले सुनाए।
मुसहर समुदायको मृत्यु भएपछि लास जलाउन दउरादेखि स्वजातीय भोज गर्नको लागि साहु महाजनसँग ऋण लिएर वर्षभरी कृषि मजदुरको रुपमा खेतमा काम गरेर तिर्नुपर्ने अवस्थाको लहान नगरपालिकाले मुक्त गरेपछि ठुलो राहत पाएको लहान–१३ का बौका सदायले बताए। स्थानीय सरकार दलित विपन्नका लागि अभिभाकत्वको भूमिकामा लहान नगरपालिकाले गरिरहेका कार्यबाट देखिएको दलित अभियानकर्मी बिनोद विसुन्केले बताए।
मुसहर समुदायसहित अन्य दलित विपन्न परिवारमा मृत्यु भएपछि साहु महाजनसँग ऋण लिन नपरोस् भन्ने उद्देश्यले यस वर्ष लहान नगरपालिकाले २५ लाख बजेट नै विनियोजन गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताए। उनले भने, ‘‘यस वर्षदेखि ५० वर्ष माथिका दलित विपन्नहरुलाई स्वास्थ्य बिमा अभियान यहि पुस महिनादेखि सुरु गर्न लागेका छौँ ।’’
लहान नगरपालिकामा २० हजार दलितहरुको जनसङ्ख्या रहेको लहान नगरपालिकामा सबैभन्दा आर्थिक सामाजिक शिक्षा र राजनीतिक रुपमा पछि परेका मुसहर समुदायको लागि आवास, शिक्षाका लागि नि:शुल्क ट्युसन कक्षा, शैक्षिक सामग्रीको व्यवस्थापनलगायका थप कार्यक्रमहरु ल्याएको नगरप्रमुख चौधरीले प्रष्टयाए। नगरप्रमुख चौधरीले थप्नुभयो, ‘‘मुसहर समुदायबाट सुरु गरिएको यो अभियान दुसाध समुदाय, चमार समुदाय, खत्वे मण्डल समुदाय र तत्मा समुदाय लगायत विपन्न गैरदलित समुदायमा समेत राहत दिइने सुरुवात यस वर्षदेखि थालिसकेका छौँ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...
मंसिर २० गते, २०८२ - ११:३०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...
मंसिर १९ गते, २०८२ - १६:५९
हुम्ला। उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाक...
मंसिर १९ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आजै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रि...
मंसिर १९ गते, २०८२ - १५:४९
काठमाडौं । साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनसहित काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त...
मंसिर १९ गते, २०८२ - १५:३९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको बताएको छिन् । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर...
मंसिर १९ गते, २०८२ - १५:२८
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की योमरी पूर्णिमाको अवसरमा वसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी भएको छिन् । ज्यापु संस्कृत विका...
मंसिर १९ गते, २०८२ - १५:१०
दमक। झापाको दमकमा एक बृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार साँझ दमक ५ क्याम्पस मोडमा हिडिरहेक...




प्रतिकृया लेख्नुहोस्: