रौतहट। रौतहटको यमुनामाई गाउँपालिका–४, स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।
गौर चन्द्रनिगाहपुर सडक खण्डमा बडहर्वा तर्फबाट आउँदै गरेको एचआर २८ डि ७२२२ भारतीय नम्बरको स्कार्पियो गाडीले चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदैगरेको बिआर ०७ पिए ७५८४ भारतीय नम्बरको स्कार्पियोलाई र बाटोमा रोकी राखेको ना। २ ह। ६५२५ नम्बरको अटोलाई ठक्कर दिँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ठक्करले सो ठाउँमा रहेको विजय साहको होटल समेतमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिए।
ठक्करबाट एचआर २८ डि ७२२२ नम्बरको स्कार्पियो चालक बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका –७ का ३० वर्षीय पवन यादव, उक्त स्कार्पियोमा सवार सर्लाही जिल्ला बरहथवा नगरपालिका–१४ का शैलेन्द्र महतोको ११ वर्षीय छोरा अङ्कित महतो, बिआर ०७ पिए ७५्र८४ नम्बरको स्कार्पियो चालक रौतहट गौर नगरपालिका–२ का २४ वर्षीय सुरेन्द्रकुमार साह घाइते भएको छन् ।
यस्तै, सो स्कार्पियोमा सवार रौतहट राजदेवी नगरपालिका–८ का ५० वर्षीय शिवजी साह तथा सोही ठाउँका ५२ वर्षीय रामदयाल साह, ना। २ ह ६५२५ नम्बरको अटोचालक रौतहट यमुनामाई गाउँपालिका–५ का ३९ वर्षीय मङ्गल पटेल तथा उक्त अटोमा सवार रौतहट राजपुर नगरपालिका–३ का नजरुन वस्ताको १० वर्षीय छोरा तारिक वस्ता घाइते भएको उनले बताए।
घाइतेहरूलाई प्रादेशिक अस्पताल गौर रौतहटमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ । तीन वटै सवारी साधनहरू प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक बस्यालले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...
मंसिर २० गते, २०८२ - ११:३०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...




प्रतिकृया लेख्नुहोस्: