रौतहट। रौतहटको यमुनामाई गाउँपालिका–४, स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।
गौर चन्द्रनिगाहपुर सडक खण्डमा बडहर्वा तर्फबाट आउँदै गरेको एचआर २८ डि ७२२२ भारतीय नम्बरको स्कार्पियो गाडीले चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदैगरेको बिआर ०७ पिए ७५८४ भारतीय नम्बरको स्कार्पियोलाई र बाटोमा रोकी राखेको ना। २ ह। ६५२५ नम्बरको अटोलाई ठक्कर दिँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ठक्करले सो ठाउँमा रहेको विजय साहको होटल समेतमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिए।
ठक्करबाट एचआर २८ डि ७२२२ नम्बरको स्कार्पियो चालक बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका –७ का ३० वर्षीय पवन यादव, उक्त स्कार्पियोमा सवार सर्लाही जिल्ला बरहथवा नगरपालिका–१४ का शैलेन्द्र महतोको ११ वर्षीय छोरा अङ्कित महतो, बिआर ०७ पिए ७५्र८४ नम्बरको स्कार्पियो चालक रौतहट गौर नगरपालिका–२ का २४ वर्षीय सुरेन्द्रकुमार साह घाइते भएको छन् ।
यस्तै, सो स्कार्पियोमा सवार रौतहट राजदेवी नगरपालिका–८ का ५० वर्षीय शिवजी साह तथा सोही ठाउँका ५२ वर्षीय रामदयाल साह, ना। २ ह ६५२५ नम्बरको अटोचालक रौतहट यमुनामाई गाउँपालिका–५ का ३९ वर्षीय मङ्गल पटेल तथा उक्त अटोमा सवार रौतहट राजपुर नगरपालिका–३ का नजरुन वस्ताको १० वर्षीय छोरा तारिक वस्ता घाइते भएको उनले बताए।
घाइतेहरूलाई प्रादेशिक अस्पताल गौर रौतहटमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ । तीन वटै सवारी साधनहरू प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक बस्यालले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: