Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

समयमा धान उठाउन नसक्दा मोरङमा तोरी लगाउन सकस

खबरडबली संवाददाता

उर्लाबारी। मध्य कात्तिकसम्म परेको पानीले गर्दा यो वर्ष रवि लगाउने खेतहरू अझै सुकेका छैन । धान र तोरी उत्पादनका लागि अब्बल मानिएका खेत अझै नसुक्दा यो वर्ष किसानले तोरी लगाउन पाएका छैन । धान पाकेर बाला झर्न थाले । तर खेत सुकेको छैन । खेत सुकेर तोरी लगाउन अझै १५ दिन पर्खनु पर्ने अवस्था छ ।

मोरङको कानेपोखरी–३ का नवीन किशोर दाहालले भन्नुुभयो, ‘‘बिगत वर्षहरूमा कात्तिक मसान्तसम्ममा तोरी छरिसक्थ्यौं, यो वर्ष धान नै थन्क्याउन पाएका छैनौं । धानका बाला काटिएर झर्न थाले । तर, पानी सुकेको छैन । पानी नसुकेको खेतमा हार्भेष्टर र कम्पायन मेशिन पस्दैन । सीम खेतमा हार्भेष्टर फसेर किसान दोहोरो मारमा परिरहेको छौँ ।’’

सुनवर्षी १ मरिया वक्राहाका बेदनिधि गौतमले खेत पूरै नसुकिकन हार्भेष्टर लगाउँदा खेत नै बिग्रियो । ट्याक्टरले खेत जोत्नै मानेनन । हार्भेष्टरले गहिरो लिक बनाइदिएको बताए। मोरङको पथरीशनिश्चरे– ५ का सोमबहादुर राजवंशीले भने, ‘‘गतवर्ष यतिबेला तोरीको साग खाने बेला भएको थियो । यो वर्ष धान उठाएर सकेको छैन । धान उठाएर पनि खेत सुक्न समय लाग्छ ।’’ उनले तोरी लगाउन ढिलो भएको बताए ।

पछिल्लो तीन वर्ष यता मोरङ जिल्ला तोरी उत्पादनमा देश मै अग्रस्थानमा थियो । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवले यो प्राकृतिक समस्या हो । केन्द्रसँग समाधानको उपाय नभएको बताए। तर अलि ढिलो पाक्ने जातका तोरी छरे उत्पादनमा खासै असर नपर्ने उनको भनाइ छ ।

ज्ञान केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ११ हजार २०५ हेक्टरमा तोरी खेती भएको थियो । जसमा १३ हजार ४४६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस्तै आव २०८०/८१ मा तोरी खेतीको क्षेत्रफल ९ हेक्टर बढेर ११ हजार २१४ हेक्टर पुुग्यो भने उत्पादन १४ हजार ५७८ दशमलव २० मेट्रिक टन भयो । गत आव २०८१/०८२ मा ११ हजार २२४ दशमलव ५० हेक्टरमा तोरी खेती भएको थियो । गत वर्ष १४ हजार ७०४ दशमलव १० मेट्रिक टन तोरी उत्पादन भयो ।

कार्यालयका सूचना अधिकारी आदर्शकुमार सिंहका अनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क तुलना गर्ने हो भने उत्पादन क्षेत्र र परिमाण मात्र वृद्धि भएको छैन । उत्पादकत्व समेत वृद्धि भएको छ । सिंहका अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रति हेक्टर एक दशमलव २० मेट्रिक टन उत्पादन भएको तोरी आव २०८०/०८१ मा एक दशमलव ३० मेट्रिक टन उत्पादन भयो । गत वर्ष अझ बढेर प्रति हेक्टर एक दशमलव ३१ मेट्रिक टन उत्पादन भएको छ ।

सङ्घीय सरकारले मोरङका कानेपोखरी, बेलबारी र सुनवर्षीमा तोरी पकेट विशेष कार्यक्रम सञ्चालन गरेपछि तोरी खेती किसानको आकर्षण बढेको हो । शहरमा बस्नेहरू समेत शुद्ध तेल खानका लागि तोरी फुल्न थालेपछि किसानका खेत खेतमा तोरी बुकिङ गर्न पुुग्ने गरेका छन् । जसले गर्दा किसानले मूल्य नपाउने समस्या छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending