काठमाडौं । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले ‘कारण देखाऊ आदेश’ जारी गरेको एक महिना नपुग्दै मुद्दा पेसीमा चढ्न नसक्नुको मुख्य कारण प्रधानमन्त्री सुशीला कार्कीले लिखित जवाफ बुझ्न इन्कार गरेको घटना बनेको छ ।
सर्वोच्चले पठाएको म्याद तामेली पत्रमा ‘पूर्वप्रधानन्यायाधीश’ भनेर सम्बोधन गरिएको भन्दै प्रधानमन्त्री कार्कीले पत्र नै अस्वीकार गरेपछि संवैधानिक इजलासमा रहेका १७ मुद्दाको सुनुवाइ तालिका नै प्रभावित भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार म्याद तामेली पत्र हैसियत फरक–फरक राखेर आएको भन्दै कार्कीले लिखित जवाफ बुझ्न नमानेपछि पत्र फिर्ता गरिएको थियो । पछि सर्वोच्चले ‘पूर्वप्रधानन्यायाधीश’ शब्द हटाइ पुनः म्याद तामेली गरेपछि मात्रै प्रधानमन्त्री कार्यालयले पत्र बुझेको हो ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अधिकांश विपक्षीबाट लिखित जवाफ आइसक्दा पनि प्रधानमन्त्रीसहित चार निकायले अझै बुझाउन बाँकी छ । “अबको एक हप्तामा सबै जवाफ आए मुद्दा पेसीमा चढ्छ,” कोइरालाले भने ।
यसबीचमा संवैधानिक इजलासले यसअघि जस्तै संसद् विघटनका मुद्दालाई अग्राधिकारमा राखेर छिटो टुंग्याउने परम्परा पनि कायम राखिरहेको छैन ।
यो रिट टुंगिन ढिलाइ हुँदा कुन परिणामले निर्वाचनमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न झन् तिक्त बन्दै गएको छ । संवैधानिक इजलासले संसद् पुनःस्थापना गर्ने निर्णय गरे फागुन २१ गते तय भएको निर्वाचन नै रोकिन सक्छ ।
रिट दायरकर्ता युवराज सफलले भदौ २३ को जेनजी आन्दोलनमाथिको दमन, प्रधानमन्त्री नियुक्ति र संसद् विघटनलाई एउटै ‘संविधानविपरीत अभियान’ भन्दै रिट दायर गरेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्कीले शपथ खाएको एक घण्टा नबित्दै संविधान उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । उनले भदौ २३–२४ मा भएको आगजनी र अराजकताका “लाभग्राही नै अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू” भएको दाबी गर्दै राज्यसत्ता कब्जाको दृश्यमान–अदृश्य गतिविधि भएको उल्लेख गरेका छन् ।
सभामुख देवराज घिमिरेले त झनै कडा भाषामा राष्ट्रपतिले “संविधानविपरीत” कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको आरोप लगाउँदै असंवैधानिक रूपमा पुगेको व्यक्तिद्वारा गरिने कुनै कार्य वैध नहुने बताउँदै आएका छन् ।
सर्वोच्चमै प्रशासनिक त्रुटि कि राजनीतिक दबाब ?
प्रधानमन्त्रीलाई ‘पूर्वप्रधानन्यायाधीश’ लेखेर पत्र पठाइएको घटना सर्वोच्च प्रशासनको त्रुटि कि राजनीतिक संवेदनशीलता प्रति बेवास्ता ? भन्ने प्रश्न उठ्न थालेको छ । यसले मात्र मुद्दाको गतिमा ब्रेक लागेको होइन, सर्वोच्च–कार्यपालिका द्वन्द्वको नयाँ परत पनि सतहमा आएको छ ।
‘नेपालको संविधानले असंवैधानिक रूपमा पदमा पुगेको व्यक्तिद्वारा गरिने कुनै पनि कार्यलाई वैधानिक मान्यता दिन सक्दैन,’ सभामुखले विघटनसम्बन्धी रिटमा सर्वोच्चलाई दिएको लिखित जवाफमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: