Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

खबरडबली संवाददाता

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बूढीगङ्गा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

त्रिवेणी नगरपालिका–४ तोलीमा आजदेखि सुरु भएको बडीमालिका मष्टो देवल ज्ञान विज्ञान धार्मिक महायज्ञको उद्घाटनका लागि यहाँ पुगेका मुख्यमन्त्री शाहलाई आज बुढीगङ्गा नगरपालिकाका र नेपाली कांग्रेस त्रिवेणी नगर कार्यसमितिले ज्ञापनपत्र बुझाएका हुन् । 

बूढीगङ्गा नदीमा पक्की पुल निर्माणको ठेक्का लागिसके पनि काम अगाडि नबढेको भन्दै तत्काल कार्य काम गर्ने वातावरणका लागि आग्रह गरिएको र मालगाडमा पुल निर्माणाधीन अवस्थामा रहे पनि विभिन्न कारणले काम सम्पन्न नभएको भन्दै ध्यानाकर्षण गराइएको हो ।

बूढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँले बुझाइएको पाँचबुँदे ज्ञापनपत्रमा तीनवटा नगर गौरवका सडक निर्माणका लागि बजेट, बार्जुकोट दरबार पुनर्निर्माण र संरक्षणका, कुँडीकोट र बयालचाका दरबार संरक्षण लागि विशेष व्यवस्थापन गर्नुपर्ने बताए । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र नाटेश्वरी जाने तीर्थयात्रीका लागि फालासैनमा वा बाम्कामा विश्रामस्थल निर्माण गर्नुुपर्नेलगायत माग उल्लेख गरिएको उनले बताए । 

मुख्यमन्त्री शाहले ज्ञापनपत्रमा भनिएका माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि आवश्यक समन्वय तथा सहकार्य गरिने बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending