काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै विराटनगरले शानदार जित दर्ता गर्यो ।
पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पूरा गर्दै ६ विकेटको क्षतिमा १३४ रनको योगफल बनाएको थियो । उसका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रनको पारी खेले ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १७ ओभर एक बलमै १३५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा पूरा गर्यो । टोलीका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन योगदान दिए ।
काठमाडौंका साहब आलमले दुई विकेट लिए भने करण केसी, सन्तोष यादव र गेरहार्ड इरास्मसले एक–एक विकेट हात पारे ।
यो जितसँगै दुई खेल खेलेको विराटनगरले चार अंक जोडेको छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको विराटनगर यसपटक पनि विजयी भयो ।
काठमाडौंले भने लगातार दोस्रो हार व्यहोरेको छ । उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पाँच विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १७:२८
काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्टले लेख...
मंसिर २२ गते, २०८२ - १७:२५
काठमाडाैं । रुकुम पश्चिममा हालै देखिएको राजनीतिक असन्तुष्टि र प्रदर्शनले पूर्वमाओवादी नेता जनार्दन शर्माप्रति स्थानीय स्तरमा कत्तिको असन्तोष संचित भएक...
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...




प्रतिकृया लेख्नुहोस्: