Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

भारतमा एक छात्रालाई एकसय पटक उठबस गराउँदा मृत्यु, परिवारकाे विराेध

खबरडबली संवाददाता

काठमाडाैं । भारतकाे मुम्बईको वसईमा १३ वर्षीया छात्राको मृत्यु भएपछि ठूलो विवाद उत्पन्न भएको छ ।

विद्यालयमा ढिलो आएको भन्दै सय पटक उठबस गर्न लगाइएपछि उनको स्वास्थ्य एकाएक बिग्रिएको र त्यसपछि ज्यान गएको परिवारको आरोप छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार विद्यालयकी एक महिला शिक्षकले ढिलो आएका छात्र–छात्रालाई सय पटक उठबसको सजा दिएकी थिइन् । त्यही सजाय पाएपछि ती छात्राको अवस्था बिग्रँदै गएर नोभेम्बर १४ को रात जेजे अस्पतालमा मृत्यु भएको बिबिसीले जनाएको छ ।

मृत छात्रा वसई पूर्वको सातीवली क्षेत्रको एक विद्यालयमा कक्षा ६ मा पढ्थिन् । विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी अध्ययन गर्छन् । नोभेम्बर ८ को बिहान करिब ५० विद्यार्थी ढिला आएका थिए, जसमा ती छात्रा पनि थिइन् । केही विद्यार्थीले झोला काँधमै राखेर उठबस गरेका थिए ।

त्यस दिन विद्यालयबाट घर फर्किएपछि ती छात्राको अवस्था बिग्रियो । उनलाई पहिले वसईको आस्था अस्पताल, त्यसपछि अर्को अस्पताल हुँदै मुम्बईको जेजे अस्पताल लगिएको थियो । अन्ततः नोभेम्बर १४ को रात ११ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

वसई थानाका वरिष्ठ निरीक्षक दिलीप घुगेका अनुसार ढिलो आएका विद्यार्थीलाई १०० पटक उठबस गराइएको थियो।  घर पुगेपछि ती छात्राले खुट्टा दुखेको गुनासो गरिन् । प्रहरीले दुर्घटनाबाट मृत्यु भएको भनी रिपोर्ट दर्ता गरेको छ र पोस्टमार्टम रिपोर्टको प्रतीक्षामा छ । प्रारम्भिक मेडिकल रिपोर्टले छात्राको हेमोग्लोबिन ४ देखाएको छ, जुन अत्यन्तै कम मानिन्छ । यो घटनामा विद्यालयविरूद्ध छानबिन समिति गठन गरिएको छ ।

प्राथमिक शिक्षा अधिकारी सोनाली मातेकरले यसरी सजाय दिनु शिक्षा अधिकार ऐनको उल्लंघन भएको बिबिसीलाई बताएकी छन् । दोष प्रमाणित भए विद्यालय र शिक्षक दुवैविरूद्ध कारबाही हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending