काठमाडौं । विभिन्न विश्वविद्यालय र क्याम्पसका जग्गा अतिक्रमणमा पर्न थालेपछि सरकारले सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको जग्गा संरक्षणतर्फ ध्यान केन्द्रित गरेको छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयहरूको जग्गा विवरण संकलन सुरु गरेको हो ।
सरकारी नाममा रहेको जग्गा धार्मिक, व्यक्तिगत र व्यावसायिक समूहद्वारा अतिक्रमणमा परेको पृष्ठभूमिमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरी जग्गासम्बन्धी सात बुँदे विवरण माग गरेको केन्द्रका निर्देशक तथा सूचना अधिकारी हरिप्रसाद अर्यालले बताए ।
केन्द्रले विद्यालय रहेको जिल्ला, स्थानीय तह, विद्यालयको नाम, विद्यालयको नाममा रहेको जग्गाको कुल क्षेत्रफल, भोगचलनको अवस्था तथा जग्गासम्बन्धी समस्या भए–नभएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
हाल विद्यालयको जग्गा सम्बन्धी कागजात विद्यालय, स्थानीय तह र जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा मात्र सीमित छ । यद्यपि मन्त्रालयलाई विद्यालय जग्गाको वास्तविक भोगचलन अवस्था र संभवित विवादबारे स्पष्ट जानकारी नपाइने समस्या रहेको अधिकारीहरू बताउँछन् ।
शिक्षामन्त्री महावीर पुनको पहलमा शिक्षा मन्त्रालयले सबै विद्यालयको जग्गा लगत केन्द्रीकृत रूपमा राख्ने प्रक्रिया अघि बढाएको हो । यसअघि मन्त्री पुनकै पहलमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत अतिक्रमित जग्गा सम्बन्धी प्रतिवेदन सार्वजनिक भई कार्यान्वयनको चरणमा पुगेको छ ।
देशभर २७ हजार सामुदायिक विद्यालय रहेका छन् । तर तीमध्ये धेरै विद्यालयको भौतिक संरचना र जग्गा क्याम्पस सञ्चालनका नाममा उपयोग हुँदै आएको मन्त्रालयको भनाइ छ । कानुनले कक्षा १२ सम्मका विद्यार्थीलाई मात्र विद्यालयको भोगचलन अधिकार दिएको भए पनि त्यही जग्गामा विश्वविद्यालयका कक्षा सञ्चालन हुँदा पटक–पटक मन्त्रालयले असन्तुष्टि जनाउँदै आएको छ ।
मन्त्रालयका अधिकारीका अनुसार विद्यालयको जग्गा विवरण प्राप्त भएपछि यसबारे स्पष्ट नीतिगत धारणा बनाइनेछ । देशभरका २७ हजार सामुदायिक विद्यालयमध्ये २२ हजार दुई वटा विद्यालयमा आवश्यक भौतिक पूर्वाधार अभाव रहेको पाइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै विद्यालयहरूलाई भौतिक संरचना सम्बन्धी विवरण पठाउन अनुरोध गरेको थियो । प्राप्त विवरणअनुसार अधिकांश विद्यालयमा कक्षाकोठा, शौचालय, पुस्तकालय, प्रयोगशाला, खेल मैदान तथा भान्साघरजस्ता संरचनाको कमी रहेको पाइएको केन्द्रका निर्देशक अर्यालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: